अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:३३ | Colorodo: 22:48

कोरोनाको उपचार मौन र प्रार्थना

विनोद रोका २०७६ चैत ६ गते २१:५२ मा प्रकाशित

चीनबाट उब्जिएको कोरोना भाइरस अहिले विश्वभरमा ताण्डव नृत्य गरिरहेको छ। ह्जारौको सङ्ख्यामा मानिसहरूको कोरोनाको कारणले मृत्यु भैसकेको छ । ह्जारौ मानिसहरू उपचार विहीन अवस्थामा छन् । यो नवीन रोग भएकोले यसको परिश्रण गर्ने सही प्रविधि र ऊपचारका लागि आवश्यक पर्ने औषधी हालसम्म विज्ञानले पत्ता लगाएको छैन । डाक्टरहरूले यो रोगको बारेमा अध्ययन नगरेका हुनाले बिरामीको उचित सेवा गर्न सकेका छैनन् ।

कोरोनाको उत्पत्ति कसरी र कसले गरायो भन्ने विषयमा विविध समाचारहरू निस्किएका छन् । यसको उत्पत्ति प्राकृतिक कारणले भएको होइन । कोही भन्छन् कोरोना चिनलेनै प्रयोगशालामा बनाएको जीवाणु हो । कोही भन्छन् यो अमेरिकाले बनाएको हो । र यी देशहरूले आर्थिक तथा राजनैतिक उद्धेस्य राखेर यसो गरेका हुन । र यिनीहरूसँग यसको परिश्रण गर्ने साधन र दवाई तयार छ । आदि । आदि ।

मेरो दिनचर्या सदाझै बिहान युट्युबमा भेटिने आध्यात्मिक एवं यौगिक प्रवचन र बिचारहरू सुन्ने । अनि सामान्य योग र ध्यान गर्नेबाट सुरु हुन्छ । अनि सांझमा केही समय ध्यान । साप्ताहिक रूपमा प्रत्येक आइतबार सामूहिक सत्सङ्ग र ध्यान । ध्यानको क्रममा विश्व शान्ति र कल्याणको कामना त हुन्छ नै । मैले कोरोनाको बारेमा अरूले दिएका प्रवचन र जानकारीहरू तथा यौगिक एवं आध्यात्मिक व्यक्तित्वहरू, परमपुज्य बाल ज्ञानी गुरु आदित्य, सद्गुरु, र वेदमुर्ती स्व.पं. श्रीराम शर्माजीले स्थापना गरेको गायत्री परिवार, शान्तिकुन्ज हरिद्वारबाट दिएको जानकारी पनि सुने । डा. राजु अधिकारीले सम्प्रेषण गरेको परमपुज्य बाल ज्ञानी गुरु आदित्यज्यूबाट प्राप्त सन्देशको भावार्थ केही दिन अगाडी पढे । बालगुरुले यो रोगबाट डराउने भन्दा पनि सावधानी अपनाउनु पर्छ । यसले विश्व अर्थतन्त्रलाई ठुलो असर पुरयाऊने देखिन्छ। सबैले मिलेर यसलाई रोक्न प्रर्थना गरौँ ।

बालगुरुले यो कोरोना भाइरस फैलिनु भन्दा अगाडी नै विश्व शान्तिका लागि महासागरहरूको पानी र विभिन्न स्थलको माटो आदि झिकाएर नेपालमा यज्ञ गर्नुका साथै एकान्त ध्यान र भारत स्थित सिरिणी साइ धाम आदिको धार्मिक यात्रा समेत गर्नु भएको थियो । र यो घटना पछि पनि बहा निरन्तर ध्यान र प्रार्थनाद्वारा विश्व शान्तिको लागि प्रयत्नरत रहनु भएको छ ।

वेदमुर्ती स्व.पं. श्रीराम शर्माजीले १९८६ मा हरिद्वारमा दिनु भएको प्रवचन महाकाल की पुकार पहचाने भन्ने शीर्षकको भिडियो पनि भरखरै हेरे । वहाले त्यही बेला पनि मै खाऊ, मै लाऊ भन्ने राक्षसी प्रवृतीेको कार्यले धर्मको नास र भविष्यमा आउने यस्तै अनिष्टहरूको बारेमा भविष्यवाणी गर्नु भएको रहेछ । अनि आउने विश्व कसरी धार्मिक र समतामूलक बनाउने भन्ने योजना पनि पस्केको सुन्दा लाग्यो युग द्रष्टाको दृष्टिमा यी घटनाहरू पहिलनै घटी सकेका थिए। श्रीराम शर्मालाई वहका पूर्व जन्मका गुरु शर्वेस्वरानन्द महाराजले हिमालयबाट आई ज्योतिरुपमा दर्शन दिनुभयो । र गायत्रीको दीक्षा दिई हिमालयमा बोलाएर साधना गराई नवयुग निमार्णको जिम्बेवादी सुम्पिनु भएको थियो ।

विज्ञान र प्रविधि अनि सञ्चार र यातायातको क्षेत्रमा भएको प्रगतिले आज विश्व सानो भएको छ। पर्यावरण प्रदूषित छ । मानिसहरूको सोचाई प्रदूषित छ । सोचाई पनि त्यसरी नै साँघुरिएर गएको देखिन्छ । राजनैतिक र आर्थिक स्वार्थका लागि एकले अर्कालाई मार्न पनि हिचकिचाउन छाडिएको छ । सकारात्मक भन्दा नकारात्मक भावको मात्रा परिवेशमा बढी छ ।

विद्युतीय सञ्चार र सम्प्रेषणको यो सस्तो र सजिलो समयमा सही र सत्य खबरहरूको अभाव छ । हामीहरू प्राय मोबाइल, फेसबुक, मेसेन्जर, युटयुव, टिभी, र अन्य वनलाईनका श्रोत र साधनको नसामा डुबेका छौ। अनि जतिखेर पनि यिनैमा रमाउँछौ । हामी जे पनि पढ्छौ।सुन्छौ । हेर्छौ । अनि सही र सत्यको परबाहनै नगरी त्यही सामाग्री अरूलाई फरवार्ड गर्छौ। यतिले नपुगेर फोन गरेर त्यसमा मरमसला थप्छौ । आफूले थपे पछि अर्कोले पनि पैँचो तिरेझै केही गार्वेज थपेर सुनाउँछ । यो बानी हाम्रो शरीरको प्रत्येक अणुको डिफल्ट सिस्टममा सेट भएको छ । त्यसैले नसा गर्नेले अब नसा गर्न छोड्छु भनेर छोड्न नसकेझै । फेसबुक बन्द गर्छु भनेर गर्न नगए झै । हामी आफू पनि तनावमा रहन्छौ । अरूलाई पनि तनावमै राख्छौ । सही र सत्य कुरा के हो त्यो बुझ्न पट्टी लाग्दैनौ । कागले कान लग्यो भन्दा कान नछामीकन कागको पछि दौडिएको मान्छेको अवस्थामा हामी छौ ।

विश्वको अन्य मुलुकमा झैँ अमेरिकामा पनि कोरोनाको प्रवेश भई सकेको छ । अहिले बजारमा सामानको हाहाकार छ । हामीहरूलाई डर छ । मरी हालिन्छ कि ? भन्ने । अनि चाहिने भन्दा बढी सामान किनेर स्टोर रित्ता बनाएका छौ । यही बहानामा व्यापारीले कालो बजार गरी रहेका छन् । सववे खाली छ । सडकहरू खाली छन् । भूत बस्ने ठाउँ जस्तो । मान्छेहरू घरमै क्वारान्टाईन भएका छन् । सबै त्राहिमाम् छन् । मोबाइलमा सबैको संसार छ । भोडका रक्सी पिउने । रक्सी र मासु छोडेर सात्त्विक भोजन गर्ने । प्राणायाम, योग, मन्त्र जाप र ध्यान गर्ने सम्मका उपायहरू अपनाएर कोरोनाबाट बच्न सकिने मेसेजहरू फरवार्ड र व्याकवार्ड गरी रहेका छौ । हामीहरूले घरमै बसेर पनि रक्सी र मासु खान छोडेनौ । किनकि यो हाम्रो डिफल्ट सिस्टममा सेट भई सकेको छ । तर प्राणायाम, योग, मन्त्र जाप, र ध्यान गर्न । ओम नमः सिवाय, महामृत्युन्जय मन्त्र, गायत्री मन्त्र जपेर कोरोना र यसबाट असर परेकाहरूको शान्तिका लागि प्रार्थना गर्न भने सकेका छैनौ । बरु अलि बढी समय सुत्ने मौका पायौ । मन्दिर जाने त प्रश्नै भएन । किनकि मन्दिरहरूमा पनि क्वारेन्टाइनको सूचना टाँसिएका छन् । र एउटा जान नसक्ने बहाना बनेको छ ।

सनातनीय आध्यात्मिक साहित्य र अवतारी गुरुहरूको अनुभवले भन्छ कि जन्म र मृत्यु निश्चित छ । अनि जीवले आफ्नो प्रारब्ध अनुसार भोग्ने कर्म पनि सामान्यतया जन्मसँगै लिएर आएको हुन्छ । जीवले आफूसँग लिएर आएको प्रारब्ध कर्म फललाई ओशोले एसेन्सीयल, सेमी एसेन्सीयल र नन एसेन्सीयल गरी वर्गीकरण गरेका छन् । जन्मस्थान, जन्म, मृत्यु, विवाह, सन्तान, लगायतका घटनाहरू एसेन्सीयल अर्थात् अपरिवर्तनीय छन् । त्यसर्थ बेला आएपछि मान्छे जन्मने र काल आएपछि मर्ने शाश्वत नियमित प्रक्रिया हुन । समय आए पछि मान्छे जहाँ र जसरी पनि मर्दछ । कष्ट भोग्ने गर्दछन् । देख्दा मात्रै आकस्मिक लाग्दछ । तर घटना भने नियमित रूपले निर्धारित भएकै समयमा घट्छ । बालकृष्णले भनेझै घटना नियमानुसारै घटेको हुन्छ । देख्दा मात्रै लाग्छ यो दुर्घटना हो । अनि लेखनाथ पौडेलले भनेझै आयो टप्प टिप्यो लग्यो मिति पुग्यो टारेर टर्दैन त्यो ।

घटनाको कारण प्राकृतिक वा मानव निर्मित जे पनि हुन सक्दछ । यी घटना व्यक्तिगत वा सामुहिम रूपबाट घटन सक्दछन् । कोरोना हाम्रा सामूहिक दुष्कर्मद्वारा आएको परिणाम हो । इतिहास हेर्ने हो प्रत्येक १०० वर्षमा ठुला महामारी फैलिएको देखिन्छ । जस्तै १७२० र १८२० मा आएका हैजाहरू र १९२० स्पेनिस फुलुले हजारौँको सङ्ख्यामा मानिसहरूको ज्यान लिएका थिए ।

आजको मेरो नियमित कार्य पछि म स्टोरमा गए । र केही सामान किनेर घर फर्किए । स्टोर रित्तिन आँटेको थियो । घरमा मेनुका, म र हाम्रो कुकर डेजी छ । मेनुकाको बैचैनीपन, डर र उनले साथीहरूसँग कोरोनाको बारेमा गरेको संवादको साक्षी बनेको छु । मैले उनलाई यसरी नकारात्मक कुराहरू गरेर तनावग्रस्त नहौ भने । अनि उनलाई पनि मैले सुनेका प्रवचन सुन्न अनुरोध गरे । उनले एक छिन सुनिन र भनिन यो प्रवचन त मैले सुनी सकेकी छु । यस्ता प्रवचनका कुरा मलाई भन्दा बढी उन्लाई याद रहन्छ । म प्राय बिर्सन्छु । त्यसैले म त्यही प्रवचन पटक पटक सुनी रहेको हुन्छ । मलाई प्रत्येक पटक त्यो प्रवचन नयाँ लाग्छ । उनले भनिन अब फेसबुक बन्द गर्छु । चाहिँदो नचाहिँदो कुरा पोस्ट गरेको हुन्छ । मैले ऊनलाई भने यो त तिमीले धेरै पटक भनी सक्यौ । बन्द गरेऊ भने यो टाउको दुख्ने रोग हट्छ । कोरोनाको उपचार मौन र प्रार्थना हो । प्राणायाम, योग, मन्त्र जाप, र ध्यान । वा ओम नमः सिवाय, महामृत्युन्जय मन्त्र, गायत्री मन्त्रको जप । भगवानले घरमै क्वारेन्टाइनमा बसेर म को हु ? जन्मने र मर्ने म हु कि ? मेरा शरीर ? मेरो जीवनको लक्ष्य के हो ? त्यसको बारेमा यथार्थ जानकारी पाउने अवसर दिनु भएको छ । मैले यी कुराहरू भनी रहेकै अवस्थामा ऊनको फोन आयो । मलाई लाग्यो मैले भन्न चाहेको कुरा बुझ्ने गरी बुझाउन सकिन । अनि म यो लेख लेख्न तिर लागे ।