अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:१८ | Colorodo: 11:33

यो मनको पिर ?

विनोद रोका २०७६ माघ ५ गते १०:२९ मा प्रकाशित

जन्मने र मर्ने म हु कि ? मेरो शरीर ? भन्ने पिरले मलाई धेरै सतायो । अहिले म प्रौढ अवस्थामा पुगिसकेको छु । मलाई यो शरीर अजम्मरी होइन रहेछ भन्ने विश्वास लाग्न थालेको छ । बालककालमा यस्ता प्रश्नहरू आएनन् । जवानीमा आउने त झनै कुरै भएन । किनकि भौतिकवादी साहित्यका ज्ञाता मित्रहरूको माझमा रहँदाको अवस्थामा शरीर मरेपछि बाकी केही रहँदैन भन्ने धारणाले घर जमायो । भौतिकवादी दर्शनमा चेतनाको महत्त्व शरीरसम्म मात्र सीमित छ, भन्ने अनुभूति हुन्थ्यो । सायद यो उमेरमा धेरैलाई यस्तै हुन्छ होला । भारतीय सद्गुरुले आफ्नो प्रवचनमा भन्नु भएको छ । युवा अवस्थामा ऊहा पनि नक्सालवादी कम्युनिस्ट हुनुहुन्थ्यो रे । धर्म अर्थात् चेतनाको अस्तित्वलाई स्वीकार नगर्ने । सद्गुरु अहिले देश र विदेशमा सनातन धर्मको पारा भौतिकी सत्यका बारेमा नोबेल पुरस्कार विजयी वैज्ञानिकहरूलाई समेत ऊनीहरूका अनुत्तरित प्रश्नका जवाफ दिएर सहमत गराउन सफल हुनुहुन्छ ।

युवा अवस्था कटेपछि ममा पनि त्यो भ्रम रहेन । अनि आध्यात्मिक साहित्यको केही अध्ययन, श्रवण र विभिन्न गुरुहरूको सत्सङ्ग गर्न थालियो । प्रारब्धमा लेखिएको क्रमअनुसार विभिन्न गुरुहरूको सानिध्यमा पुगे । बाल ज्ञानी गुरु आदित्यले आफूद्वारा ४ वर्षदेखि ८ वर्षको उमेरमा लेखेका र कलियुगको आदित्य ज्योति पथ नामक पुस्तकमा भन्नु भएको छ । नाता पूर्व जन्ममै तय भएको हुन्छ। केवल दृश्यमा रहेकालाई प्रत्यक्ष सम्बोधन गरिन्छ भने अदृश्य सम्बन्धलाई आतामाम महसुस गरिन्छ । जुन अति नै प्रिय हुन्छन् र कहिल्यै मदैनन, अमर रहन्छन् । पुनर्जन्म हुन्छ तर थाहा हुन्न, थाहा हुने मान्छे सिद्ध पुरुष हुन्छ। योग, ध्यान, साधनाविनाको सुखद जीवन निहाल्दै छौ भने आँखा भए पनि तिमी अन्धो हौ, सबै अङ्गमा चेना भए पनि तिमी लुलो हौ।”

आध्यात्मिकको साधनाको मार्गमा हिडने क्रममा के अनुभूत हुन थाल्यो भने जन्मने र मर्ने भनेको शरीर हो । म चैतन्यस्वरुपको कहिले पनि जन्म र मृत्यु हुँदैन । शरीरको जन्म र मृत्युको साक्षी भावले अनुभव गर्न सकिन्छ । जस्तो कि बिजुलीको करेन्ट मर्दैन तर बल्ब फुट्न सक्छ । फीउज जान सक्छ । तार टुट्न सक्छ । अनि नयाँ फेर्नुपर्ने हुन्छ । यदि बिजुलीमा चेतना भएको भए यसले पनि यी सबै कुराहरू साक्षी भावले हेर्न सक्ने थियो । यो अज्ञानी मनमा अनगिन्ती रूपले संग्रहीत बिचार र यसले बोकेका मान्यताहरू छन् । र यी बिचारहरू आफ्ना स्वभाव अनुसार ईन्द्रीयद्धारा विषय वस्तुमा ठोक्किँदा आउने सुखद र दुखद अनुभूतिमा यो मन टाँसिएको छ । जो कहिले पनि तृप्त हुँदैन । अनि यही अतृप्त चाहाना पुरा गर्न मनले शरीर बदल्ने गर्छ। पुरानो लुगा वा मेसिन बदले झै । तथापि अनन्तकाल देखि शरिरसंग टाँसिएको अज्ञानी मनलाई के भ्रान्ति छ भने जन्मने र मर्ने म हु । मेरो शरीर होइन । जस्तो कि जन्मेको घर र कमाएको सम्पत्ति गुमाउनु पर्दा । अनि जन्मिए पछि जोडिएका सम्बन्धहरू बिग्रँदा दु.ख लाग्दछ । जुन सम्बन्ध जन्मनु भन्दा अगाडी थिएनन् र तिनमा कुनै मोह गाँसिएको थिएन ।

आध्यात्मिक साहित्यको श्रवण, मनन र ब्रम्हज्ञानी गुरुको सत्सङ्गबाट मात्रै जन्मने र मर्ने शरीर हो । म अर्थात् चेतना होइन भन्ने कुराको पुष्टयाई हुन्छ । भौतिक विज्ञानको दायरा भन्दा माथि रहेको यो चेतनाको कुरा बुद्धिको तहबाट बहस गरेर बुझ्न सकिन्न ।

म पेसाले वकिल हु । व्यवहारिक रूपमा सामान्यतया भौतिक अर्थात् प्रत्यक्ष प्रमाण बेगर विवादको निरूपण गर्न सकिँदैन भन्ने मान्यतामा विश्वास राख्नु पर्दछ । त्यसैले कहिले काहीँ वकिल र प्रत्यक्ष प्रमाण बेगरको भनाइलाई विश्वास नगर्ने मित्रहरूका बिचमा यी विषयमा चर्चा गर्दा हाँसोको पात्र बन्न पुग्दछु ।

म कानुनी सल्लाह लिन आउने मान्छेलाई पैसा वा अन्य कारोबार गर्दा बिना कागज लेनदेन नगर्नु भन्दछु । तर आफूले दिँदा भने कागज बनाउने गरेको छैन । किनकि विश्वासले लेनदेन गर्ने हो । विश्वासै टुट्यो र लानेले नतिर्ने भो भने त्यो फर्काउँदा लाग्ने खर्च, समय र पिडा सहनु भन्दा पुनर्जन्मको ऋण तिर्न बाकी रहेछ भन्ने मान्यतामा विश्वास राख्दछु ।

आजको भौतिकवादी समाजमा भेटिने जीव र सञ्चारका माध्यमहरूको बिचमा यो जीवन घेरिएको छ । इनले प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा सम्प्रेषण गर्ने सूचना र औराहरुले अध्यात्मको बाटोमा अवरोध हाली रहन्छन् । आध्यात्मिक बिचार र चिन्तनको मात्रा परिवेशमा नगन्य छ । त्यसैले नदेखिने कुरामा भन्दा देखिने कुरामा मन दौडन थाल्छ । किनकि देखिने बस्तुमा एउटा नशालु गन्ध छ । जसले तुरुन्तै मोहनी लगाउँछ । र भन्न थाल्छ,  चारवाकवादीहरुले भने झै बाचुन्जेल ऋण काढेर भए पनि घिउ खाऊ । मोज गर । मरेपछि त जीवन सक्किगो नि । यी मोहनी लाउने गुलियो चास्नीमा परेर माहुरीको खुटृा टास्सिएमझै यो मन नटास्सियोस भनी म सतर्क हुने प्रयास गर्दछु । त्यसैले मैले अध्ययन र श्रवण गरेका आध्यात्मिक साहित्य । गुरु गोयन्काजी र परमहंस योगीराज बालकृष्ण लगायतका गुरुबरहरुको सत्सङ्गबाट प्राप्त ज्ञानलाई गीत भजनमा उतार्ने प्रयास गर्दछु । र  मन भौँतारिन थाल्दा पढ्ने गर्दछु ।

यसरी टिपिएका केही रचनाहरू मैले १९ जुलाई २०१७ बिहानको समयमा न्युर्योक स्थित आफ्नै निवासमा अनन्त श्री विभूषित महामण्डलेश्वर स्वामी आत्मानन्द गिरी महाराजजीलाई देखाई ऊहाबाट सुझाव लिने सौभाग्य पाएको थिए । त्यस मध्येका केही गीत भजन मैले बाल ज्ञानी गुरु आदित्यद्वारा ७ अप्रिल २०१९ मा काठमाडौँमा आयोजित त्रि.गजुर शिवालयको प्राण प्रतिष्ठान र ओम आदिमणीमन्त्र महायज्ञ महा अनुष्ठानमा भाग लिन गएका बखत किरण कडेलजीको स्टुडियोमा रेकर्ड र मिस्किंग गराउने साइत जुरयो । यसको म्युजिक ऐरेन्ज बलराम समालजीको रहेको छ।

यो भजनमा जन्मने र मर्ने म हुं की? मेरो शरीर? भनी जिज्ञासा राख्ने साधकलाई ब्रम्हज्ञानीगुरुले वैदिक सास्त्रसम्मत उत्तरद्वारा जिज्ञासा मेटाई दिएको व रहेको हुँदा मैले यो भजनमा मेरो जीवनमा आउनु भएको सबैभन्दा कान्छा अर्थात् ८ वर्षका बाल ज्ञानी गुरु आदित्यको एउटा फोटो नराखी अपुरो हुने देखे । अनि मैले गुरुको सानिध्यमा रहनु हुने गुरुमाता, पिता, शिष्यहरू सुशीला थापा, र डा.राजु अधिकारीजी मार्फत अनुरोध गरे । किनकि गुरुले को मार्फत कति बेला आर्शिवाद दिनुहुन्छ थाहा हुँदैन । र गुरुदेव कसैको कुरा सुन्नुहुन्न । एक दिन ऊहाकी ५ चेली मध्येकी सुशीला थापाले मेरो भिडियो मेसेन्जरमा कल गरेर मलाई गुरुको दर्शन गर्ने अवसर जुटाई दिएकी थिइन । र त्यो बेलामा मैले पनि फोटो पाऊ भनी निवेदन गरेको थिए । ऊहाले आफ्ना चल्दै नचल्ने हात उठाई मलाई अलौकिक हाँसो सहितको आर्शिवाद दिनु भयो ।

अनन्त: गुरुबरबाट आर्शिवाद प्राप्त फोटो राजुजीले मलाई इमेलद्वारा पठाऊनु भयो । अनि मैले त्यही फोटो भिडियोको लागि सन्तोष श्रेष्ठजीलाई इमेलबाटै पठाए । केही दिन पछि सन्तोषजीले भन्नु भो सर गुरुको फोटो आएन त ? पठाई दिनु होस न ? मैले ऊहालाई अस्तिको इमेलमा पठाएको थिए नि ? भनी प्रति प्रश्न गरे । जवाफमा ऊहाले त्यो फोटो त बच्चाको आयो । गुरुको होइन सर । अनि मैले ऊहलाई बाल ज्ञानी गुरुको बारेमा बताए । र भने ऊहामा ४ वर्ष लागेपछि ज्ञान प्रकट भएको हो । सबै सास्त्रको बारेमा ज्ञान छ । कुनै शिक्षा पाउनु भएको छैन । विश्वका सबै भाषाको ज्ञान छ । भरखरै सुनेको छु गुरुको अर्को किताब रसियन भाषामा निस्कने वाला छ । अनि ऊहाले यो भिडियो बनाएर पठाऊनु भयो ।

यो भजनको भिडियोमा रहेको बाल ज्ञानी गुरु आदित्यद्वारा आर्शिवाद प्राप्त फोटो र त्रि.गजुर मन्दिरको प्रतीकले अवश्य पनि अष्टाबक्रले राजा जनकको जिज्ञासालाई सम्बोधन गरे झैँ म र म जस्ता साधकहरूको जन्मने र मर्ने म हु कि ? मेरो शरीर ? भन्ने जिज्ञासालाई सदा सम्बोधन गरी रहनेछ भन्ने विश्वास लिएको छु ।

गीत भजन
जन्मने र मर्ने, म हु कि? मेरो शरीर?
गुरुजी् हटाई पाऊ, यो मनको पिर।

भन्नुभो् गुरुले सुन् ज्ञानका कुरा
पन्छाइ एक छिन बुद्धिका कुरा
तिम् िचेतना हौ् कुनै बस्नु होइनौ
तिम् सर्वत्र छौ, शरीर होइनौ।

शाश्वत छ चेतना शरीर नासिन्छ
अज्ञानी तिम्रो मन, शरीरमा टाँसिन्छ।

न मर्दर्छाै तिमी, न मर्छन् अरू
तिम्रो अज्ञान डढाऊ, बनाई चरु।