अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:२७ | Colorodo: 21:42

प्रणय दिवसमा पल र आंचल मायामा (भिडियो)

कृष्ण भट्टराई २०७५ माघ २८ गते १४:०१ मा प्रकाशित

काठमाडौँ– भ्यालेन्टाइन्स डेको पूर्व सन्ध्या पारेर गीतकार सुरेश वाग्लेले एउटा रोमान्टिक युगल गीतको म्युजिक भिडियो सार्वजनिक गरेका छन् ।

गायक राहुल विश्वास तथा गायिका स्नेह श्री थापाको युगल स्वरको ‘मायामा तिम्रो…’ शीर्षकको गीत सोमबार बिहान युट्युबमार्फत सार्वजनिक गरिएको हो ।

सङ्गीतकार मेघराज लगुनद्वारा संगीतबद्ध उक्त गीतका शब्दहरू सुरेश वाग्ले तथा मेघराज लगुनले रचना गरेका हुन् । सङ्गीतकार सुमित विश्वकर्माले उक्त गीतमा सङ्गीत संयोजन गरेका छन् । कोलकाता तथा काठमाडौँमा रेकर्ड गरिएको उक्त गीतको मिक्सिङ तथा मास्टरिङ भने चेन्नईमा गरिएको हो ।

विकास सुवेदीद्वारा निर्देशन गरिएको म्युजिक भिडियोमा अहिलेका सबैभन्दा रोमान्टिक जोडी अभिनेता पल शाह तथा अभिनेत्री आ“चल शर्माले अभिनय गरेका छन् । अभिनेता शाहले आफू यो म्युजिक भिडियोप्रति उत्साहित भएको प्रतिक्रिया दिएका छन् भने अभिनेत्री शर्माले पनि आफ्ना थुप्रै म्युजिक भिडियोहरू मध्ये प्रस्तुत गीत तथा म्युजिक भिडियो आफ्नो रोजाइमा परेको प्रतिक्रिया दिएकी छिन् । भिडियोमा गीतकार सुरेश वाग्ले तथा सुशील काफ्लेले पनि अभिनय गरेका छन् ।

अनिल के मानन्धरद्वारा छायाङ्कन गरिएको म्युजिक भिडियोलाई सुप्रिम पराजुलीले सम्पादन गरेका हुन् । सुप्रिमले नै भिडियोमा कलर ग्रेडिङको काम समेत गरेका छन् । भिडियोमा अविनाश मानन्धरले ड्रोन पाइलट तथा सहायक छायाकारको रूपमा काम गरेका छन् ।

गीतकार वाग्लेको हालै सार्वजनिक भएको अन्जु पन्त र मनोजराज सिवाकोटीद्वारा स्वरवद्ध गजल ‘सम्झे पनि…’ दर्शक तथा स्रँेतामाझ लोकप्रिय भएको थियो । यसै वर्षको प्रारम्भमा गीतकार वाग्लेले आफ्ना एकल रचनाहरूको गजल एलबम ‘तिमी साथ भएपछि’ काठमाडौँमा लोकार्पण गरेका थिए । उक्त एलबमका अधिकांश गीत लोकप्रिय छन् ।