अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:४४ | Colorodo: 00:59

कुरो सुन्नु भो ?

ऋषि बस्ताकोटी २०७५ माघ १९ गते १०:०५ मा प्रकाशित

मुक्तक

भाउ नपाएर किसानले बारीमै फालेको बन्दाको कुरो सुन्नु भो ?
कलाकारले देश बनाउँछु भन्दै थालेको चन्दाको कुरो सुनुभो ?
फोहर नाली सफा गर्छु भनेर पसेका, उल्टै डुबेछन् ती नालीमा-
तिनै फोहरी पुजारीले मन्दिरमा चालेको धन्दाको कुरो सुन्नु भो ?