अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:०६ | Colorodo: 08:21

नेपाल अमेरिकी पत्रकार संघ (नेजा)को अध्यक्षमा पुन सुरज भण्डारी

बिआरटीनेपाल २०८२ वैशाख २८ गते २२:२४ मा प्रकाशित

लास भेगास । नेपाल अमेरिकी पत्रकार संघ (नेजा) को मे १० र मे ११ मा अमेरिकाको लास भेगसमा नवौँ महाधिवेशन सम्पन्न भएको छ । अधिवेशनले अध्यक्षमा सर्वसम्मत रूपमा पुनः सुरज भण्डारी चयन भएका छन् । निर्वाचनको नोमिनेशन भइसके पछि जुटेको सहमतिले भण्डारी पुनः निर्वाचित भए ।

महाधिवेशनबाट भण्डारीको नेतृत्वमा १७ सदस्यीय कार्यसमिति सर्वसम्मत रूपमा चयन गरिएको समितिको उपाध्यक्षमा कल्पना घिमिरे, महासचिवमा ईश्वरी न्यौपाने, सचिवमा शंकरबहादुर थापा, कोषाध्यक्षमा झरणा अधिकारी निर्वाचित भएको छ ।

त्यस्तै सदस्यहरूमा क्रमशः राजकुमार तामाङ (गोले), डा. डोल्मा लामा, यशोदा तिमल्सिना, जानु पंगेनी, दीपेन्द्र खड्का र डिल्लीबहादुर राउत रहेका छन् । त्यसै गरी क्षेत्रीय संयोजकहरूमा सृजना काफ्ले (डिसी मेट्रो), शान्तिराज राई उत्तर पूर्व), दीपक दाहाल (पश्चिम) र ओम आचार्य (मध्य) चयन गरेका छन् । साथै कार्य समिती सदस्यमा बाबुराम दाहाल र सुजन पण्डित रहेका छन ।

फोटो: सामाजिक सन्जालबाट

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू