अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:५३ | Colorodo: 01:08

आस्तिकवाद, नास्तिकवाद र बुद्ध

विनोद रोका २०७५ पुष २३ गते ०:१६ मा प्रकाशित

महर्षि दयानन्द सरस्वतीजीद्धारा लिखित नेपाली अनुवादको “सत्यार्थप्रकाश” पढ्ने क्रममा बुद्ध धर्म, जैन धर्म, र चार्वाक धर्मलाई नास्तिक धर्म भनेको पाए। चार वाक, बौद्ध, र जैनले जगतको उत्पत्ति स्वाभाविक मान्दछन्। जुन जुन स्वाभाविक गुण छन् ती तीसँग द्रव्य संयुक्त भएर सबै पदार्थ बन्दछन्। जगतको कर्ता कोही छैन। सकल वासनाहरूको निवृत्तिद्धारा शुन्यरुपमा निर्वाण, अर्थात् मुक्ति मान्दछन्। कर्मद्धारा बनेका संस्कारगत बन्धनबाट मुक्त भएपछि फेरी जन्मनु र मर्नु पर्दैन। नास्तिक अर्थात् बुद्ध ईश्वर।आत्मा। परमात्मा भन्ने सत्तालाई मान्दैनन्। बौद्ध र जैन परलोक र जीवात्मालाई मान्दछन् तर चावाक भने त्यो पनि मान्दैनन्। अर्को तर्फ आस्तिकवादीहरू भन्छन् यदि सबै कुरा कर्मबाटै हुन्छ भनी मान्छौ भने कर्म कोबाट हुन्छ त? कर्म गरिने इन्द्रियलाई चेतना कसले दिन्छ? जीवात्माले ईश्वर वा परमात्माबाट नै त्यो चेतना पाएर कर्म गर्दछ। दुख र सुखको फल जीवलाई परमेश्वरले भोगाऊछन। यदि जीवले आफ्नै इच्छाले कर्मको फल भोग्ने र नभोग्ने कुराको निर्णय गर्ने हो भने ऊ कहिले पनि दण्ड वा दुख भोग्न चाहँदैन।

किताबमा लेखिएका कुराहरूले सनातन वैदिक साहित्यको बारेमा केही जानकारी मिल्यो। यद्यपि दर्शन बुमmने दक्ष्यता नभएको हुँदा यसको गहिराइमा रहेको अर्थ बुमmन सकिएन। र लाग्छ यो तर्कबाट बुझ्न् त्यति सजिलो पनि छैन। यदि सजिलो भएको भए हामीले मानी आएका भगवानहरुले बोलेका कुराहरूमा धेरै अर्थहरू निस्कने थिएनन् होला। तर पनि बुद्ध र जैन धर्मलाई नास्तिक धर्म भनेको कुरा चित्त बुझेन। किनकि सनातन धर्ममा बुद्धलाई पनि विष्णुको नवौँ अवतार मानिन्छ। बुद्धले पनि कहिले जन्मनु र मर्नु नपर्ने गरी निर्वाण प्राप्ति गरेका हुन भन्ने मान्यता छ। अनि कसरी बुद्ध र जैन नास्तिक भएता?

मैले यो जिज्ञासा धेरै गुरुजीहरूसँग राखे जो बुद्धको अवधारणासँग सनातन धर्म दर्शन मिल्दैन भन्ने मान्यता राख्नु हुन्छ। त्यस्तै बुद्धलाई मान्नेहरू सँग यो विषयमा कुरा गर्दा सनातन धर्मका योगमार्गी, कर्मयोगी, भक्तीमार्गी, शिद्धीमार्गीहरुसंग विपश्यना र बुद्ध दर्शनको मेल खाँदैन भन्नुहुन्छ। यसो भन्नेहरूसँग पनि मेरो धारणा मिल्दैन। किनकि वैदिक शास्त्रहरूमा लेखिएको शब्दहरूको आवाज म चक्र ध्यान तथा विपश्यना गर्दा सुन्छु अन्तरमौनमा। अनि ती आउने संवेदनालाई तटस्थ भावले हेर्दै जाँदा एउटै किसिमको अनुभूतिमा पाऊछु। अर्थात् विपश्नाबाट हुने अनुभूति र चक्र वा अन्य ध्यानलाई शब्दमा भन्नु परयो भने त्यहाँ केही फरक पाऊ दिन। त्यसैले मेरो सामान्य बुमmाईले के भन्छ भने यो केवल खोल वा नामको मात्र लडाई हो बहसमा अनुभूति बुमmनेहरुका बिचको। धर्मलाई धारणा गर्ने वा अनुभुतिद्धारा बुमmनेहरुका बिचमा मलाई लाग्छ सायद यस्तो विवाद प्राय हुँदैन होला।

यो प्रश्न मैले वेदान्त विज्ञ स्वामी आत्मानन्द गिरिज्यूसँग न्युर्योकमा गरे जुन बेला ऊहालाई सत्कार गर्ने अवसर पाएको थिए। गुरुजीको भनाइलाई मैले बुमmे अनुसार बुद्धले वेदान्त दर्शन र प्रमाणको आधारमा विपरीत धर्मको व्याख्या र निर्वाणको मार्ग अपनाए। आत्मा, ईश्वर वा परमात्माको अस्तित्वलाई मानेनन् आदि। त्यसैले ऊन्ले निर्वाण प्राप्त गरेता पनि प्रमाणिक सनातन वैदिक शास्त्र विपरीत ईश्वरको सत्तालाई स्वीकार नगरिकोले नास्तिक भनिएको हो। त्यसपछि मैले फेरी जिज्ञासा राख्दै भने गुरुजी कोकाकोलाले एउटा फर्मुला बनाएर पेटेण्ट र ट्रेडमार्क दर्ता गरायो व्यावसायिक प्रयोजनका लागि। जुन तत्त्वहरू परिवेशमा पहिलेदेखि नै विद्यमान थिए। यसमा खोजेर संयोजन गर्ने काम मात्र भएको हो।

अनि कोकाकोला बनाउने फर्मुला अहिलेसम्म पनि गोप्य नै छ। अरूले व्यावसायिक रूपबाट निश्चित समयसम्म प्रयोग गर्न पाऊदैनन। तर यदि कसैले त्यही तत्त्वहरू परिवेशबाट खोजी मिलाएर त्यस्तै स्वाद आउने पेय पदार्थ बनायो भने त्यसको नाम कोकाकोला नहोला तर त्यो त्यस्तै स्वाद आउने पेय पदार्थ नै भएन भन्न त कसरी मिल्ला र? परमात्मा, ईश्वर, आत्माको अस्तित्वलाई नमाने पनि जन्मनु र नमर्नु पर्ने निर्वाण प्राप्ति भए पछि आखिर परिणाममा त केही फरक परेन नि? त्यसैले बुद्धलाई अधार्मिक वा आस्तिक भनेको मलाई चित्त बुमmेन भने। उत्तरमा गुरुले भन्नु भो अधार्मिक र नास्तिक भन्ने विषय फरक हुन। बुद्धलाई अधार्मिक भनिएको होइन। केवल वेदान्त दर्शनईतर गएर आफ्नै अनुभवको आधारमा निर्वाणको अवस्थालाई चित्रण गरेकोले र ईश्वर र आत्मालाई नमानेकोले नास्तिक भनिएको हो। मैले बुमmे अनुसार ऊ हाले भन्न खोजेको यही जस्तो लाग्छ।

स्वामी डा. रमानन्द गिरिज्यूको प्रवचन सुन्दा पनि यही अर्थ लगाएको थिए। अर्थात् बुद्धले वेदान्त दर्शनको सन्दर्भ विना नै निर्वाणको अवस्थामा पुगेको कारणले मात्रै ऊन्को दर्शनलाई नास्तिक भनिएको रहेछ। बुद्धलाई अधार्मिक भनिएको रहेनछ। सायद गाडीमा जिपिएस राखेर र नराखीकन लक्ष्यमा पुग्ने सवारी चालकका बिचमा हुने सम्वाद होलान् जस्तो मलाई लाग्यो। त्यसैले मेरो लागि यो बहसको गहिराइमा गएर निक्र्यौल निकाल्नु भन्दा धर्मको आचरण गर्नु नै श्रेय कर होला जस्तो लाग्छ। अरूलाई दुख नदिईकन आफूलाई सुख, शान्ति, र आनन्द दिलाउने बाटो जुन जुन धर्मले सिकाए पनि तिनलाई धारणा गर्नु उचित लाग्दछ। कुन पात्रमा राखेर तिर्खा लागेको अवस्थामा शुद्ध पानी कसले दियो त्यो हेर्नुका साटो त्यो दिइएको पानी पिऊएर प्यास निभाउनु नै एउटा साधनापथको म जस्तो विद्यार्थीको लागि मध्यम मार्ग भन्ने धारणा बनाएको छु।