अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:४७ | Colorodo: 07:02

गजल

आचार्य प्रभा २०७५ भदौ १७ गते १:०७ मा प्रकाशित


नछल्नु छल्यौ तिमीले आफै आफ्नो नै कुकर्म
छलिने छैनौं कुनै दिन तिम्ले देख्ने छौ पाप धर्म |

अरुले रुँदा आँसुको मूल्य सित्तैमा सम्झियौ
जाँदैछौ आज आँसु नै झार्दै बझाई त्यो पर्म|

झारेर आँसु मुटुको टुक्रा कलेजी बाँधेर
बुझ्दैछौ क्यारे अब त तिम्ले अरुको त्यो मर्म |

दिन दशा भन्नु कस्लाई हुन्न?सबैले भोग्दछ
गरेको कर्म कस्तो हो भनि राखौं न क्यै शर्म |

छातीमा हात राखेर सोंचौं पाप र पुण्यको
मन नै बैरी बनाई अब नगरौं अधर्म |