अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:३८ | Colorodo: 22:53

कोलोराडो पुराणको खर्च-आम्दानी पारदर्शी गर्न आउदो शनिबार टाउन हल मिटिङ हुँदै

बिआरटी नेपाल सम्बादाता, कोलोराडो २०७५ साउन २९ गते २३:१३ मा प्रकाशित

गत अप्रिल-मे महिना कोलोराडोमा सम्पन्न भएको भागवत महापुराणको आम्दानी, खर्च पारदर्शी तथा अन्य प्रश्नहरूको उत्तर दिन टाउन हल मिटिङ हुने भएको छ । आम्दानी, खर्चको हिसाब किताब गर्न गत जुन २, २०१८ मा सोम राज अर्याल, प्रकाश सिटौला तथा रोहित कुमार ढुङेल रहेका ३ सदस्यीय समिति गठन भएको छ । अध्यक्ष मण्डल अनुसार उक्त टाउन हल मिटिङ अगस्त १८ शनिवार दिनको १:३० मा पुराण भएकै स्थानमा हुनेछ । अध्यक्ष मन्डलले मिटिङमा सम्पूर्ण कोलोराडोवासीलाई सहभागी भई आफ्ना प्रश्न, जिज्ञासा राख्न अनुरोध गरेको छ ।

उक्त टाउन हल मिटिङमा आम्दानी खर्चको फेहरिस्ता पनि प्रस्तुत गरिने छ । कोलोराडोमा रहेका सङ्घ संस्थाहरूको संयुक्त आयोजनामा गत अप्रिल २८ देखि मे ५ तारिख सम्म आयोजित श्रीमद भागवत पुराण सप्ताहमा दाताहरुले नगद र दान गर्न प्रतिबद्धता जनाएको रकम गरी जम्मा ५ लाख ८१ हजार १ सय ७१ डलर ६० सेन्ट सङ्कलन भएको छ । यो कुल आम्दानीबाट खर्च कटौती गरिएको छैन ।

कोलोराडोमा नेपाली सामुदायिक भवन निर्माणको लागि यो महापुरण आयोजना गरिएको हो । यो महापुराणमा ठुलो रकम दान गर्ने दाताहरुमा नेपाली घरको टिमबाट जम्मा १ लाख २५ हजार डलर, एनआरएन कोलोराडो च्याप्टर तथा हेल्प डेस्कबाट ५०,००० डलर, टिका तथा तुलसा सिटौला (सिटौला ब्रदर्स) परिवारबाट २६ हजार ५ सय ५५ डलर, दिनेश भट्टराई तथा मञ्जु भट्टराई परिवारबाट २५ हजार १ सय ११ डलर, कोलोराडो स्प्रिङ्ग निवासी समाज सेवी पुरुषोत्तम पाण्डेको परिवारबाट २१ हजार डलर, इस्टेटपार्क निवासी कुमार तथा अनिता थापाको परिवारबाट १६ हजार १११ डलर, नवीन दत्त तथा निलम श्रेष्ठको परिवारबाट १५ हजार १ डलर, कोलोराडो स्पिरिट होम केयर र एडल्ट डे केयर इन्कर्पोरेटेड परिवारबाट ११ हजार १ सय ११ डलर ११ सेन्टस, लक्ष्मी फुडसका वनर कृष्ण काफ्ले तथा बेदा काफ्ले परिवारबाट ११ हजार १ सय ११ डलर, डा. विष्णु बहादुर श्रेष्ठ र सबिता श्रेष्ठको परिवारबाट ११ हजार १ डलर, पदम तथा कमला विश्वकर्मा परिवारबाट १०,००१ डलर, डा. विजयराज शर्मा तथा प्रमिला शर्माले १० हजार १ डलर, बाबु काजी श्रेष्ठ परिवारबाट १० हजार १ डलर, नरबहादुर ढुङ्गेलका परिवारबाट १० हजार १ डलर सहयोग गर्ने प्रतिबद्धता भएको छ । 

त्यसै गरी अन्य दाताहरुमा तीर्थ बर्मा तथा शान्ति बर्मा परिवारबाट ५ हजार १ सय ११ डलर, हरि तथा दामन्ती बस्नेत परिवारबाट ५ हजार १ सय ११ डलर, कोलोराडो सिस्टरस ग्रुपबाट ५ हजार १ सय ११ डलर, पूर्ण बहादुर गुरुङ तथा हरि शोभा गुरुङ परिवारबाट ५ हजार १ सय डलर, लोङ्मन्ट हिमालयज लायन्स क्लबबाट ५ हजार ११ डलर, सोमनाथ अर्याल तथा मेरिना अर्याल परिवारबाट ५ हजार १ डलर, प्रवेश तथा बिमला उपाध्यायबाट ५ हजार १ डलर, सुशीला भण्डारी तथा जेसिका भण्डारीबाट ५ हजार १ डलर, उदय तथा शिबा बराल परिवारबाट ५ हजार १ डलर, विवेक तथा तृष्णा रेग्मी परिवारबाट ५ हजार १ डलर, अशोक न्यौपाने तथा गरिमा डाङी परिवारबाट ५ हजार १ डलर सहयोग गर्ने प्रतिबद्धता भएको छ ।

नेपाली चाड पर्व, रीति रिवाज, संस्कार र संस्कृति अमेरिकामा हुर्कँदो दोस्रो पुस्तामा हस्तान्तरण गर्न सामुदायिक भवनको निर्माणको कार्यले महत्त्वपूर्ण योगदान दिनेछ ।

कार्यक्रम
1) Introduction – Ram P. Shrestha (5 min)
2) Financial Representation – Sangeeta Shrotriya (15 min), Questions from floor (10 min)
3) Broad Vision of the Presiding Counctil – Vijaya Raj Sharma (20 min), Questions from floor (15 min)
4) Presentation by Nepali Ghar Executive Committee (20 min), Questions from floor (15 min)
5) Feedback from Donors/Organizations (45 min)

ठेगाना
Village Exchange Center
1609 Havana St, Aurora, CO 80010
Date: August 18, 2018
Time: 1.30 p.m. to 6.00 p.m.

 

कोलोराडो सप्ताहका तस्बिरहरु

१४२ फोटोमा कलश यात्रा, कोलोराडो सप्ताह

कोलोराडो सप्ताह दोस्रो दिन (१७७ फोटोमा)

कोलोराडो सप्ताह मंगलबार मे १, २०१८ (११५ फोटोमा)

कोलोराडो सप्ताह मे ३ को फोटोहरू भाग १ (१२० तस्बिरहरू)

कोलोराडो सप्ताह मे ३ को फोटोहरू भाग २ (११५ तस्बिरहरू)

कोलोराडो सप्ताह मे ४ (शुक्रबार)का फोटोहरू (१९८ )तस्बिरहरू

कोलोराडो सप्ताहका समाचारहरु

कोलोराडो सप्ताह सम्पन्न, ५ लाख ८१ हजार १७१ डलर ६० सेन्ट्स सङ्कलन

नेपाली घर टिमबाट एक लाख २५ डलरको हजार प्रतिबद्धता

कोलोराडो सप्ताहको छैटौँ दिन १ लाख १ हजार ९ सय ९ डलर ११ सेन्टस सहयोग सङ्कलन

कोलोराडो सप्ताहको पाचौं दिन ८० हजार ९ सय ८७ डलर ५६ सेन्टस सहयोग सङ्कलन

कोलोराडो सप्ताह अहिले सम्ममा ३ लाख ४ हजार ४ सय ५७ डलर १९ सेन्ट्स सहयोग सङ्कलन

कोलोराडो सप्ताहको चौथो दिन १ लाख ४६ हजार ७ सय ८० डलर ६८ सेन्ट्स सहयोग सङ्कलन

कोलोराडो सप्ताहको तेस्रो दिन ९२ हजार १४१ डलर ११ सेन्ट्स सहयोग सङ्कलन

प्रतिक्रिया