अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:२५ | Colorodo: 15:40

रकी माउन्टेन फ्रेन्डस् अफ नेपालको अध्यक्षमा आकृति राई अधिकारी

बिआरटीनेपाल २०८२ वैशाख ३ गते १४:४७ मा प्रकाशित

कोलोराडो । गत आइतबार रकी माउन्टेन फ्रेन्डस् अफ नेपालको पदभार नव निर्वाचित अध्यक्ष आकृति राई अधिकारीले लिएकी छन् । नेपाली घरमा सम्पन्न नव निर्वाचित कार्यसमितिको पदभार हस्तान्तरण तथा २४ औँ साधारण सभामा उनलाई पुर्ब अध्यक्ष अर्जुन बगालेले पदभार सुम्पिएका हुन । संस्थाको हालै सम्पन्न निर्वाचनबाट सर्वसम्मत रूपमा निर्वाचित अन्य पदाधिकारीहरूमा उपाध्यक्षमा हरिबहादुर गुरुङ,  महासचिवमा तेजप्रसाद ढकाल, कोषाध्यक्षमा सुनिता अधिकारी तथा महिला कोर्डिनेटरमा रमीता तुलाधर रहेका छन् भने बोर्ड अफ डिरेक्टरहरुमा सन्तोष विश्वकर्मा र विष्णु बिक रहेका छन् ।

नेपाली घरमा सम्पन्न नव निर्वाचित कार्यसमितिको पदभार हस्तान्तरण तथा २४ औँ साधारण सभामा संस्थाका अध्यक्ष अर्जुन बगालेले संस्थाको प्रगति विवरण तथा कोषाध्यक्ष गणेश पोख्रेलले आय व्ययको विवरण पेस गरेका थिए । दुवै प्रतिवेदन साधारण सभाबाट सर्वसम्मत रूपमा पास भएको छ ।

कार्यक्रम समाजसेवी डा. विजयराज शर्माको प्रमुख अतिथिमा सम्पन्न भएको थियो । त्यसै गरी कार्यक्रममा एनआरएनए एनसीसीका उपाध्यक्ष भानु खरेल, रकी माउन्टेन फ्रेन्डस् अफ नेपालका सल्लाहकार तथा अनेसास बीओटीका अध्यक्ष पदम विश्वकर्मा, तथा रकी माउन्टेन फ्रेन्डस् अफ नेपालका पूर्व अध्यक्ष तथा निर्वाचन समितिका संयोजक नवीन दत्त विशेष अतिथि रहेका थिए । प्रमुख अतिथि, विशेष अतिथि, तथा अतिथिहरूले नयाँ कार्यसमितिको कार्यकाल सफलताको शुभकामना तथा पुरानो कार्यसमितिलाई धन्यवाद दिएका थिए भने एनआरएनए एनसीसीका उपाध्यक्ष भानु खरेलले एनआरएनए एनसीसीको गतिविधिबारे प्रकाश पारेका थिए ।

निर्वाचन समितिका संयोजक नवीन दत्तले नव निर्वाचित कार्य समितिका पदाधिकारी तथा सदस्यहरूलाई शपथ गराएका थिए भने प्रमुख अतिथि र विशेष अतिथिहरूले संस्थाको नवनिर्वाचित पदाधिकारीहरूलाई खादा तथा टीका लगाएर निर्वाचित भएको प्रमाणपत्र प्रदान गरेका थिए ।

संस्थाका अध्यक्ष अर्जुन बगालेको सभापतित्वमा सम्पन्न कार्यक्रममा संस्थाका उपाध्यक्ष विकाश त्रिपाठीले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने पहिलो सत्रको कार्यक्रमको सञ्चालन पूर्व महासचिव तथा नव निर्वाचित अध्यक्ष आकृति राईले गरेकी थिइन् ।

नव निर्वाचित समितिलाई कार्यभार हस्तान्तरण गर्दै निवर्तमान अध्यक्ष बगालले आफ्नो दुई वर्षे कार्यकाल सफलतापूर्वक सम्पन्न गर्न सहयोग गर्ने संस्थाका सम्पूर्ण पदाधिकारी, सदस्य तथा साधारण सदस्य लगायत सबैप्रति आभार व्यक्त गरेका थिए ।

दोस्रो सत्रको कार्यक्रम नवनिर्वाचित महासचिव तेजप्रसाद ढकालले संचालन गरेका थिए भने नव निर्वाचित अध्यक्ष आकृति राई अधिकारीले संस्थालाई अघि बढाउन सबैको साथ, सहयोग र सहकार्यका लागि आग्रह गरेकी छन् ।

बिआरटी नेपाल डट कम परिवारको तर्फबाट हार्दिक बधाई तथा शुभकामना ।

Photo Source: Akriti Rai Adhikari Facebook
प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू