अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:१० | Colorodo: 16:25

कोलोराडो सप्ताहको चौथो दिन १ लाख ४६ हजार ७ सय ८० डलर ६८ सेन्ट्स सहयोग सङ्कलन

बिआरटी नेपाल सम्बादाता, कोलोराडो २०७५ वैशाख १९ गते २३:४८ मा प्रकाशित

नेपाली घर टिमबाट १ लाख १ हजार १ सय ११ डलरको प्रतिबद्धता

कोलोराडोमा नेपालीहरूको साझा सामुदायिक भवन निर्माणका लागी आर्थिक सङ्कलन गर्ने उद्धेश्यले गत शनिवार देखी वाचन प्रवीन गुरु दिनबन्धु पोखरेलको मुखारबिन्दबाट अयोजना गरिएको श्रीमद्भागवत् महापुराणको आज चौथो दिन १ लाख ४६ हजार ७ सय ८० डलर ६८ सेन्ट्स सहयोग सङ्कलन भएको छ । 

नेपाली घर टिमबाट १ लाख १ हजार १ सय ११ डलरको प्रतिबद्धता गरेर आजको सबै भन्दा ठुलो चन्दादाता भएका छन् । यो कोलोराडो सप्ताहको संयोजन यसै संस्थाले गरेको छ् ।

त्यसै गरी आज सामुदायिक भवन निर्माण गर्न प्रतिबद्धता गर्नेहरुमा कोलोराडो स्पिरिट होमकेयर र एडल्ट डेकेयर इन्कर्पोरेटेड परिवारबाट ११ हजार १ सय ११ डलर ११ सेन्सट, बाबु काजी श्रेष्ठ १० हजार १ डलर, तीर्थ बर्मा तथा शान्ति बर्मा परिवारबाट ५ हजार १ सय ११ डलर, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका केन्द्रीय अध्यक्ष पदम विश्वकर्मा तथा कमला विश्वकर्माको परिवारबाट ५ हजार १ डलर, भोला कटुवाल परिवारबाट २ हजार ५ सय १ डलर, मणि दाहाल तथा सुश्मा दाहाल परिवारबाट २ हजार ५ सय १ डलर, डी पी शर्मा धौराली १ हजार १ सय ११ डलर, श्याम नेपाल तथा सन्जिता पोखरेल नेपाल परिवारबाट $१ हजार ५ डलर, सन्तोष गुप्ता १ हजार ११ डलर, दामोदर लुइटेल तथा समीक्षा लुइटेल परिवारबाट १ हजार डलर गरी जम्मा १ लाख ४० हजार ४ सय ६४ डलर ११ सेन्टसको प्रतिबद्धता भएको छ । दान पेटी तथा अन्य क्यास जम्मा ६ हजार ३ सय १६ डलर ५७ सेन्टस भएको छ् । प्रतिबद्धता रकम र क्यास जम्मागरि १ लाख ४६ हजार ७ सय ८० डलर ६८ सेन्ट्स सहयोग सङ्कलन जम्मा भएको कोषाध्यक्ष जगदिश ढकालले बताए ।

आजको बिहानी कार्यक्रमको प्रमुख अतिथि कोही नभएको र मध्यान्तर पछिको साँझको सत्रको प्रमुख अतिथि लङ्मन्ट हिमालयन क्लब सचिव उज्वल सुनुवारले गरेका थिए भने कार्यक्रमको सञ्चालन सरिता गुरुङले गरेकी थिइन । मध्यान्तरको समयमा भुटानिज नेपाली समूहले भजन प्रस्तुत गरेका थिए । सहयोग गर्ने दाताहरुलाई अध्यक्ष मण्डलका टिमले खादा पहिराई दिई सम्मान गरेका थिए । आजको भक्तजनहरूलाई निःशुल्क खाना लिटलटन स्थित इन्डिया बेस्ट रेस्टुरेन्टबाट उपलब्ध गराएर सहयोग गर्नुहुने इनरुवा ९ बलाहा निवासी हाल अरोरा बस्ने दोर्ण आचार्य थिए ।

 

फोटो: दामोदर लुइटेल, सन्जिता पोखरेल, दिपक सुनुवार, राजेन्द्र सिग्देल, सुरेश प्रधान, टिका पौडेलको फेसबुकबाट

प्रतिक्रिया