अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:१७ | Colorodo: 03:32

कोलोराडो सप्ताहको तेस्रो दिन ९२ हजार १४१ डलर ११ सेन्ट्स सहयोग सङ्कलन

बिआरटी नेपाल सम्बादाता, कोलोराडो २०७५ वैशाख १८ गते २३:३८ मा प्रकाशित

एन आर एन च्याप्टर र एन आर एन हेल्प डेस्कको ४० हजार डलर प्रतिबद्धता

कोलोराडोमा नेपालीहरूको साझा सामुदायिक भवन निर्माणका लागी आर्थिक सङ्कलन गर्ने उद्धेश्यले गत शनिवार देखी वाचन प्रवीन गुरु दिनबन्धु पोखरेलको मुखारबिन्दबाट अयोजना गरिएको श्रीमद्भागवत् महापुराणको आज तेस्रो दिन ९२ हजार १४१ डलर एघार सेन्टस सहयोग सङ्कलन भएको छ । 

एन आर एन कोलोराडो च्याप्टर र एन आर एन हेल्प डेस्कले संयुक्त रूपमा ४० हजार डलर प्रतिबद्धता गरेर आजको सबै भन्दा ठुलो चन्दादाता भएका छन् । घोषणा गर्दा हेल्प डेस्क केन्द्रीय सदस्य वासु खनाल, हेल्प डेस्क कोलोराडो च्याप्टर सदस्य यसोदा भट्ट, शान्ति भुसाल, कपिल सुबेदी, जितु घिमिरे सहित एनआरएन कोलोराडो च्याप्टर अध्यक्ष राज ढुंगाना, उपाध्यक्ष तथा हेल्प डेस्क कोलोराडो च्याप्टर संयोजक कुमारजङ कार्कीको उपस्थिति थियो भने अन्य च्याप्टर कार्यसमितिमा सचिव आ. सी. पन्त, कोषाध्यक्ष शङ्कर गुरुङ, युवा संयोजक प्रकाश पौडेल, महिला संयोजक यमुना के सी, बिओडिमा रुपेश बराल, पद्माराज तामाङ, मछेन्द्र श्रेष्ठ, नबराज न्यौपाने र रिपेन्द्र कार्की रहेका छन् । च्याप्टर अध्यक्ष ढुंगाना अनुसार एनआरएन आईसिसी क्षेत्रीय संयोजक गौरीराज जोशीले ५ हजार ५ सय १ डलर दिने प्रतिबद्धता गरेका छन् । यो अभियानलाई निरन्तरता दिँदै थप रकम पनि सहयोग गर्न सकिने पनि, हेल्प डेस्क केन्द्रीय सदस्य वासु खनालले बताएका छन् । 

त्यसै गरी डा. विष्णु बहादुर श्रेष्ठ र सबिता श्रेष्ठको परिवारबाट ११ हजार १ डलरको प्रतिबद्धता गरेका छन् भने डा. बिजयराज शर्मा तथा प्रमिला शर्माले १० हजार १ डलर दिने प्रतिबद्धता गरेका छन् । डा. श्रेष्ठ र डा. शर्मा दुवै जना सप्ताह पुराणको अध्यक्ष मण्डलका सदस्य हुन । त्यसै गरी आर एन्ड आर होम केयर (R & A Home Care) तथा मैरिक एडल्ट डे केयर (Mairik Adult Day Care) का वनर भागअन माटेभोस्यान्ट्स (Vagan Matevosyants) ले १० हजार डलरको प्रतिबद्धता गरेका छन्  ।

त्यसै गरी आज सामुदायिक भवन निर्माण गर्न प्रतिबद्धता गर्नेहरुमा पूर्ण बहादुर गुरुङ तथा हरि शोभा गुरुङ परिवारबाट ५ हजार १ सय डलर, सोमनाथ अर्याल तथा मेरिना अर्याल परिवारबाट ५ हजार १ डलर,  नन्द लाल न्यौपाने परिवारबाट १ हजार १११ डलर, पुस्कर बस्नेत परिवारबाट १ हजार १ सय ११ डलर, अर्जुन कार्की परिवारबाट १ हजार डलर, किराँत कल्चर सोसाइटी अफ कोलोराडोबाट १ हजार २५ डलर, कलाकार निर्मल प्याकुरेल तथा अन्जनि प्याकुरेलबाट १ हजार १ डलर, राजु तथा रिता थापाबाट १ हजार १ डलर, बेद तथा कबिता डांगी परिवारबाट १ हजार १ डलर रहेको छ । त्यसै गरी क्यास डोनेसन १२ हजार ९ सय १६ डलर ११ सेन्ट्स सङ्कलन भएको छ । प्रतिबद्धता रकम र क्यास जम्मागरि ९२ हजार १४१ डलर ११ सेन्टस जम्मा भएको कोषाध्यक्ष जगदिश ढकालले बताए । 

आजको बिहानी कार्यक्रमको प्रमुख अतिथि ग्लोबल भुटानिज कम्युनिटी अध्यक्ष सोम बराल र मध्यान्तर पछिको साँझको सत्रको प्रमुख अतिथि कम्युनिटी नेभिगेटर अफ कोलोराडो अफ्रिकन ओर्गनाइजेसनका कार्यक्रम निर्देशक अस्बी मिजारले गरेका थिए भने कार्यक्रमको सञ्चालन सरिता गुरुङले गरेकी थिइन । मध्यान्तरको समयमा अजय प्रधान समूहले भजन प्रस्तुत गरेका थिए । सहयोग गर्ने दाताहरुलाई अध्यक्ष मण्डलका टिमले खादा पहिराई दिई सम्मान गरेका थिए । आजको भक्तजनहरूलाई कोलोराडो स्प्रिङ्गबाट पुरुषोत्तम पाण्डेले निःशुल्क खाना उपलब्ध गराई सहयोग गरेका थिए ।

 

बाँकी फोटोहरू
====================================

कोलोराडो सप्ताहको पहिलो दिन (अप्रिल २९) का प्रतिबद्धता गर्ने महानुभावहरू
कोलोराडो स्प्रिङ्ग निवासी समाज सेवी पुरुषोत्तम पाण्डेको स–परिवारबाट २१, ०००
नरबहादुर ढुङ्गेलका परिवारबाट १० हजार १ डलर
संगिता श्रोत्रीयको रिबारबाट ३ हजार,
ज्ञान पाण्डेका परिवारबाट १ हजार
ग्लोबल भुटनिज कम्यूनिटी अफ कोलोराडोको टिमबाट १ हजार
गणेश भट्टराईको परिवारबाट १ हजार र
सूर्य रुपाखेतीको परिवारबाट १ हजार १ सय ११ डलर  ११ सेन्ट्स

कोलोराडो सप्ताहको दोस्रो दिन (अप्रिल ३०) प्रतिबद्धता गर्ने महानुभावहरू
दिलीप घिमिरेको परिवारबाट १ हजार १ सय डलर
सुरेश सिग्देल तथा दिपआ अचार्य सिग्देल परिवारबाट १ हजार २५ डलर
विधान महर्जन परिवारबाट २ हजार ५ सय डलर

====================================================

 

 

प्रतिक्रिया