अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:२५ | Colorodo: 18:40

कोलोराडोमा मानसिक स्वास्थ्य सचेतना तथा आप्रवासी कानुनसम्बन्धी अन्तरकृया सम्पन्न

बिआरटीनेपाल २०८२ वैशाख १४ गते २१:५२ मा प्रकाशित

कोलोराडो । एनआरएन कोलोराडो च्याप्टरको आयोजनामा यही अप्रिल २६, २०२५ का दिन वेस्टमिनिस्टर, कोलोराडोमा मानसिक स्वास्थ्य तथा कानुनी अन्तरक्रिया सम्पन्न भएको छ ।

एनआरएन कोलोराडो च्याप्टरका अध्यक्ष प्रकाश पौडेलको सभापतित्वमा सञ्चालन भएको उक्त कार्यक्रममा एनआरएन कोलोराडो च्याप्टरका बिओडी अनित अधिकारीले कार्यक्रममा उपस्थित सहभागीलाई स्वागत मन्तव्यबाट स्वागत गरेका थिए । कार्यक्रमको पहिलो सत्रमा मानसिक स्वास्थ्य सचेतना विषयमा मानसिक स्वास्थ्य विशेषज्ञ सनम खनाल र जयराम लामिछानेले मानसिक स्वास्थ्यका विषयमा जानकारी दिँदै यसले मानवीय जीवनमा पार्न सक्ने प्रभाव र यसको व्यवस्थापनका बारेमा जानकारी प्रस्तुत गरेका थिए । प्रस्तुतिको अन्तमा सहभागीहरूको जिज्ञासा निराकरण गरेका थिए । कार्यक्रम सहजकर्ता आरएन सम्झना आचार्यले गरेकी थिइन् ।

अध्यागमनसम्बन्धी कानुनविद् वासु फुलाराको प्रमुख आतिथ्यतामा सम्पन्न दोस्रो चरणको कार्यक्रममा फुलाराले वर्तमानमा अमेरिकी अध्यागमन विषयमा जानकारी दिँदै अमेरिकी अध्यागमन कानुन तथा अपनाउनु पर्ने सतर्कता आदि विषयमा जानकारी प्रस्तुत गरेका थिए । कार्यक्रममा उपस्थित सहभागीहरू मध्ये केही सहभागीहरूले विभिन्न जिज्ञासाहरू प्रस्तुत गरेका थिए । जिज्ञासाहरूको जानकारी दिँदै फुलाराले थप व्याख्या गरेका थिए ।

कार्यक्रममा कोलोराडोबासी नेपाली समुदायको बाक्लो उपस्थिति रहेको थियो । कार्यक्रम सञ्चालन एनआरएन कोलोराडो च्याप्टरकी महिला सचिव संगिता लामाले सञ्चालन गरेकी थिइन् । दुवै कार्यक्रम महत्त्वपूर्ण र जानकारीमूलक रहेको सहभागीहरूको भनाइ रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू