अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:३९ | Colorodo: 07:54

कोलोराडोमा बुद्ध जयन्ती सम्पन्न

बिआरटीनेपाल २०८२ जेठ ४ गते १५:३७ मा प्रकाशित

कोलोराडो । मैत्री, करुणा र शान्तिका मार्गदर्शक, विश्वका ज्योति बुद्धप्रति कृतज्ञता चढाउने, उहाँको शिक्षा पुनर्ताजगी गर्ने र प्रचार प्रसार गरेर मानव मात्रको जीवनमा सुख, शान्ति र समृद्धि ल्याउन विश्वभर हर्षोल्लासपूर्वक मनाइने एउटा पर्व हो – बुद्ध जयन्ती ।

बौद्ध समाज कोलोराडोको आयोजनामा आज सेन्टेनियलमा बुद्ध जयन्ती सम्पन्न भएको छ । भक्तपुर मुनि बिहारका भिक्षु उत्तमले भिडियो कलबाट पञ्चशील ग्रहण गराउनु भएको थियो भने उहाँले मैत्री, करुणा र शान्तिका मार्गदर्शकका बारेमा पनि छोटो मन्तव्य दिनु भएको थियो ।

उक्त भिडियो कल पछि बौद्ध समाज कोलोराडोका अध्यक्ष श्याम श्रेष्ठले कार्यक्रममा आएका सम्पूर्ण भक्तजनहरूलाई स्वागत गर्दै कार्यक्रममा सहभागीहरूलाई धन्यवाद पनि दिनु भएको थियो । कार्यक्रममा बुद्धको पूजा तथा पोजेटिभ भाईबको लागि धागो पनि वितरण तथा मिठो भोजनको पनि व्यवस्था गरिएको थियो ।

कार्यक्रममा केटाकेटीहरूलाई ड्रविङ तथा कलरिङ्ग गेम पनि खेलाइएको थियो ।

उक्त छोटो मिठो कार्यक्रममा करिब ७५ जनाको उपस्थिति थियो । कार्यक्रमको सञ्चालन बिनिशा श्रेष्ठले गरेकी थिइन ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू