अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:५६ | Colorodo: 14:11

कोलोराडो सप्ताहको पाचौं दिन ८० हजार ९ सय ८७ डलर ५६ सेन्टस सहयोग सङ्कलन

बिआरटी नेपाल सम्बादाता, कोलोराडो २०७५ वैशाख २१ गते ८:४५ मा प्रकाशित

दिनेश भट्टराई तथा मन्जु भट्टराई परिवारबाट २५ हजार १ सय ११ डलरको प्रतिबद्धता

कोलोराडोमा नेपालीहरूको साझा सामुदायिक भवन निर्माणका लागी आर्थिक सङ्कलन गर्ने उद्धेश्यले गत शनिवार देखी वाचन प्रवीन गुरु दिनबन्धु पोखरेलको मुखारबिन्दबाट अयोजना गरिएको श्रीमद्भागवत् महापुराणको आज पाचौं दिन ८० हजार ९ सय ८७ डलर ५६ सेन्टस सहयोग सङ्कलन भएको छ ।

याक एन्ड यती रेस्टुरेन्टका वनर दिनेश भट्टराई तथा मन्जु भट्टराई परिवारबाट २५ हजार १ सय ११ डलरको प्रतिबद्धता गरेर आजको सबै भन्दा ठुलो चन्दादाता भएका छन् । दिनेश भट्टराई नेपालको पश्चिम क्षेत्र स्याङ्जामा जन्म भई साधारण शिक्षा हासिल गरी बाल्यावस्थामा नै कर्म थलो खोज्न, आफ्नो जन्मथलोलाई छाडी भारत, दुबई हुँदै सन १९९४ अमेरिका आएका हुन । उनका एक श्रीमती मन्जु र दुई छोरा (आदेश र अभ्यास) एक छोरी (अनिशा) छन् । भट्टराईको कोलोराडोमा ४ वटा रेस्टुरेन्ट, एक बियर ब्रुवरी, २ स्मोक सप र १ लिक्वेर स्टोर छ ।

त्यसै गरी हिजोको दोस्रो ठुलो रकम प्रतिबद्धता गर्नेमा नवीन दत्त तथा निलम श्रेष्ठको परिवार भएको छ । उनिहरुले १५ हजार १ डलर सहयोग गर्ने प्रतिबद्धता गरेका छन । त्यसै गरी लक्ष्मी फुडसका वनर कृष्ण काफ्ले तथा बेदा काफ्ले परिवारबाट ११ हजार १ सय ११ डलर, पदम विश्वकर्मा तथा कमला विश्वकर्माको परिवारबाट ५ हजार १ डलर सहयोग गर्ने प्रतिबद्धता भएको छ ।

त्यसै गरी सामुदायिक भवन निर्माण गर्न प्रतिबद्धता गर्नेहरुमा बिआर टि नेपाल डट कमका कार्यकारी सम्पादक शैलेश पोखरेल तथा नम्रता पोखरेल परिवारबाट २ हजार १ सय २१ डलर, सोम तथा मन्जु बरालको परिवारबाट २ हजार १ सय १ डलर, केदार खतिवडा तथा नैना दाहाल परिवारबाट १ हजार ५ सय ११ डलर, बलराम खनाल तथा उमा खनाल परिवारबाट १ हजार १ डलर, रुद्र प्रसाद न्यौपाने तथा भूमिकला न्यौपाने १ हजार १ डलर, मेघमणी घिमिरे, इन्दिरा घिमिरे तथा पवित्रा ओझाबाट १ हजार १ सय ५१ डलर, नोय नाथ पोखरेल तथा उमा पोखरेल परिवारबाट १ हजार १ डलर, प्रच्युत मान श्रेष्ठ तथा राबी शर्माबाट १ हजार डलर भएको छन् । 

त्यसै गरी सामुदायिक भवन निर्माण गर्न दान गर्नेहरुमा राजेन्द्र शर्मा तथा बबिता शर्मा परिवारबाट १ हजार २ सय ३४ डलर ५६ सेन्ट्स, रवि कार्की तथा साबु गदाल कार्की परिवारबाट १ हजार १ सय ११ डलर, सन्तोष काफ्ले तथा रेनुका पोखरेल काफ्ले परिवारबाट १ हजार १ सय ११ डलर, रोहिनी कुमार शर्मा तथा निर्मला शर्मा परिवारबाट १ हजार १ डलर, धनीराज श्रेष्ठ तथा प्रतिभा श्रेष्ठ परिवारबाट १ हजार १ डलर, मोहन पौडेल तथा सुधा पौडेल परिवारबाट १ हजार १ डलर, इन्द्र घिमिरे परिवारबाट १ हजार डलर भएको छन् । 

दान पेटी तथा अन्य क्यास जम्मा १४ हजार १ सय ३८ डलर ५६ सेन्टस भएको छ् । दान रकम, प्रतिबद्धता रकम र क्यास जम्मागरि ८० हजार ९ सय ८७ डलर ५६ सेन्टस सहयोग सङ्कलन जम्मा भएको कोषाध्यक्ष जगदिश ढकालले बताए । 

मध्यान्तरको समयमा अजय प्रधान (साइ भजन मण्डली) को समूहले भजन प्रस्तुत गरेका थिए । सङ्खुवासभा समाज अमेरिकाका महासचिव हरिकुमार श्रेष्ठको प्रमुख अतिथ्यतामा सायकाल सत्रको कार्यक्रम सञ्चालन भएको थियो । बालकलाकारहरु अभ्यास भट्टराई, अनिसा भट्टराईले कृष्ण चरित्रको नृत्य प्रस्तुत गरेका थिए । कार्यक्रमको सञ्चालन साबु गदालले गरेकी थिइन । कार्यक्रममा  मे २ मा प्रतिबद्धता गर्ने केही नेपाली घरका टिमका परिवारलाई बोलाई खादाद्वारा सम्मान गरिएको थियो । साथै अन्य सहयोग गर्ने दाताहरुलाई अध्यक्ष मण्डलका टिमले खादा पहिराई दिई सम्मान गरेका थिए । 

भक्तजनहरूलाई इन्डियाज किचेन पार्करका सञ्चालक अशोक न्यौपानेको परिवार र ईन्डिया नेपाल ओभन रेष्टुरेन्ट लिटलटनका सञ्चालक राधिका लामिछानेको परिवारबाट निःशुल्क खाना उपलब्ध गराई सहयोग गरेका थिए । 

 

यो एक फोटो: हरीकुमार श्रेष्ठ

अन्य फोटो पछी प्रकाशित गर्नेछौ,

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू