अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:५२ | Colorodo: 23:07

कोलोराडो सप्ताहको छैटौँ दिन १ लाख १ हजार ९ सय ९ डलर ११ सेन्टस सहयोग सङ्कलन

बिआरटी नेपाल सम्बादाता, कोलोराडो २०७५ वैशाख २२ गते १०:३९ मा प्रकाशित

टिका तथा तुलसा सिटौला (सिटौला ब्रदर्स) परिवारबाट २६,५५५ डलरको प्रतिबद्धता

कोलोराडोमा नेपालीहरूको साझा सामुदायिक भवन निर्माणका लागी आर्थिक सङ्कलन गर्ने उद्धेश्यले गत शनिवार देखी वाचन प्रवीण गुरु दिनबन्धु पोखरेलको मुखारबिन्दबाट अयोजना गरिएको श्रीमद्भागवत् महापुराणको आज छैटौँ दिन १ लाख १ हजार ९ सय ९ डलर ११ सेन्टस सहयोग सङ्कलन भएको छ ।

टिका तथा तुलसा सिटौला (सिटौला ब्रदर्स) परिवारबाट २६,५५५ डलरको प्रतिबद्धता गरेर आजको सबै भन्दा ठुलो चन्दादाता भएका छन् । टिका तथा तुलसा सिटौलाका छोराहरू प्रकाश सिटौला र मदन सिटौला छोरीहरू सिर्जना र उमा सिटौला हुन । बुहारी कविता सिटौला, ज्वाँईहरुमा सन्देश पराजुली र नारायण अधिकारी हुन । सिटौला ब्रदर्सको कोलोराडोमा रेस्टुरेन्ट, ग्यास स्टेसन (ग्रोसरी) तथा लिक्वेर स्टोर जम्मा १६ वटा व्यवसायहरू छन् । कार्यक्रममा बोल्दै टिका सिटौलाले हामीलाई यो कम्युनिटी सेन्टर चाहिएको छ्, हाम्रा सन्तानको विवाह ब्रतमन्न गर्न, भोलि हामी मरे पछि कृया गर्न हामीलाई हाम्रो आफ्नै कम्युनिटी घर चाहिन्छ त्यसैले आउनुस् तपाईँ हामी सबै मिली यो सपना साकार पारुम, भनेर भने । 

त्यसै गरी हिजोको दोस्रो ठुलो रकम प्रतिबद्धता गर्नेमा कुमार तथा अनिता थापाको परिवार भएको छ । उनीहरूले १६ हजार १११ डलर सहयोग गर्ने प्रतिबद्धता गरेका छन् । थापा परिवारको स्टेट पार्क, कोलोराडोमा व्यवसाय छ् । 

त्यसै गरी हरि तथा दामन्ती बस्नेत परिवारबाट ५,१११ डलर, कोलोराडो सिस्टरस ग्रुपबाट ५,१११ डलर, प्रवेश तथा बिमला उपाध्यायबाट ५,००१ डलर, सुशीला भण्डारी तथा जेसिका भण्डारीबाट ५,००१ डलर, पदम तथा कमला विश्वकर्मा परिवारबाट थप ५,००० डलर गरी जम्मा १०,००१ डलर सहयोग गर्ने प्रतिबद्धता भएको छ । 

त्यसै गरी सामुदायिक भवन निर्माण गर्न प्रतिबद्धता गर्नेहरुमा दीपक तथा मैयाँ सुनुवार १,८८८ डलर, बिकाश तथा शारदा त्रिपाठी १,५५५ डलर ५५ सेन्ट्स, मणीराज तथा मेनुका बस्नेत परिवारबाट १,५५१ डलर, कृष्ण तथा सुना सुबेदी १,२१५ डलर, अर्जुन कार्की र सबित्री अधिकारी १,१११ डलर, भवानी तथा सिता न्यौपाने १,१११ डलर, गोविन्द प्रसाद तथा मिना चापागाइबाट १,०११ डलर, जितेन तथा तिलोचना मानन्धरबाट १,००९ डलर, सङ्ख एन श्रेष्ठ तथा पूर्ण एल श्रेष्ठ १,००१ डलर, कृष्ण मुरारी तथा सरिता ढुङेल परिवारबाट १ हजार १ डलर, विनोद राज तथा पार्वती त्रिपाठी परिवारबाट १,००१ डलर, टिका तथा लुना पौडेल परिवारबाट १,००१ डलर सोभित गौतम तथा नबिना आचार्य परिवारबाट १,००० डलर, सर्मिला गौतम र नवीन आचार्यबाट १,००० डलर पुरशोत्तम तथा सुशीला नेपालबाट ५११ उमेश तथा रेणु श्रेष्ठबाट ५०१ भएको छन् । 

त्यसै गरी सामुदायिक भवन निर्माण गर्न दान गर्नेहरुमा कृष्ण गौतमबाट २ हजार डलर, रुक बहादुर तथा सरिता पछाइको परिवारबाट १,१११ डलर ११ सेन्ट्स, विजय देव तथा तारा अधिकारीको परिवारबाट १ हजार १ डलर, जगदिश तथा राधा बरालबाट १ हजार १ डलर र गणेश भट्टचनबाट १ हजार १ डलर, चन्द्रमान गुरुङ परिवारबाट १००१ डलर, गोविन्द चापागाइ, मिना पराजुलीबाट ५११ डलर, अनल तथा पूजा श्रेष्ठबाट ५०१ डलर, सत्रुघन गौतमबाट ५०१ डलर, वेद डागीबाट ५०० डलर भएको छन् । 

दान पेटी तथा अन्य क्यास जम्मा १७ हजार ५ सय ५२ डलर ११ सेन्टस भएको छ् । दान रकम, प्रतिबद्धता रकम र क्यास जम्मागरि १ लाख १ हजार ९ सय ९ डलर ११ सेन्टस सहयोग सङ्कलन जम्मा भएको कोषाध्यक्ष जगदिश ढकालले बताए । 

मध्यान्तरको समयमा अध्यक्ष मण्डलका सदस्य डा। बिजयराज शर्माले सप्ताह सम्बन्धी प्रतिबद्धता गरेको रकम कसरी दिने भनेर जानकारी गराएका थिए । बिहानी कार्यक्रमको प्रमुख अतिथि नेपाली जनसम्पर्क समिति, अमेरिका कोलोराडो च्याप्टर अध्यक्ष गणेश भण्डारी र मध्यान्तर पछिको साँझको सत्रको प्रमुख अतिथिहरू रक्की माउण्टेन फ्रेन्डस अफ नेपाल अध्यक्ष विनोद त्रिपाठी र अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, कोलोराडो च्याप्टर अध्यक्ष कृष्ण मुरारी ढुङेलले गरेका थिए भने कार्यक्रमको सञ्चालन गीता चक्रबर्तीले गरेकी थिइन । कार्यक्रममा अफ्रिकन कम्युनिटी सेन्टरको कार्यकारी निर्देशक मेलिसा थीसेनको पनि उपस्थिति थियो ।

भक्तजनहरूलाई मिनी इन्डिया रेस्टुरेन्टबाट निःशुल्क खाना उपलब्ध गराई सहयोग गरेका थिए ।

प्रतिक्रिया