अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:१० | Colorodo: 07:25

कोलोराडो सप्ताह सम्पन्न, ५ लाख ८१ हजार १७१ डलर ६० सेन्ट्स सङ्कलन

बिआरटीनेपाल २०७५ वैशाख २३ गते १४:१४ मा प्रकाशित

नेपाली घरको टिमबाट थप २३,८९० डलर (जम्मा १ लाख २५ हजार डलर)

अमेरिकाको कोलोराडो राज्यमा नेपालीहरूको साझा सामुदायिक भवन निर्माणका लागी आर्थिक सङ्कलन गर्ने उद्धेश्यले अप्रिल २८ देखी हिजो मे ५ सम्म वाचन प्रवीण गुरु दिनबन्धु पोखरेलको मुखारबिन्दबाट अयोजना गरिएको श्रीमद्भागवत् महापुराण हिजोबाट समाप्त भएको छ । नेपाली घरका कोषाध्यक्ष जगादिश ढकालले दिएको जानकारी अनुसार हिजोसम्म ५ लाख ८१ हजार १७१ डलर ६० सेन्ट्स सहयोग सङ्कलन भएको छ । श्रीमद्भागवत् महापुराणको अन्तिम दिन हिजो ८९ हजार ८ सय १ डलर मात्र सङ्कलन भएको छ ।

सप्ताहको अन्तिम दिन नेपाली घरको टिमबाट थप २३,८९० डलर, एनआरएन कोलोराडो च्याप्टरबाट थप १०,००० डलर, लोङ्मन्ट हिमालयज लायन्स क्लबबाट ५,०११ डलर उदय तथा शिबा बराल परिवारबाट ५,००१ डलर, विवेक तथा तृष्ना रेग्मी परिवारबाट ५,००१ डलर, अशोक न्यौपाने तथा गरिमा डाङी परिवारबाट ५,००१ डलर, रत्न तथा अस्मिता भण्डारी परिवारबाट २,५०० डलर, रबिन्द्र तथा रोमा थापा परिवारबाट २,००१ डलर, भुपेन्द्र तथा इनु महत परिवारबाट १,१११ डलर, नेपाल अमेरिका साहित्य प्रतिष्ठान परिवारबाट १,१११ डलर, चेतमान तथा सरस्वती श्रेष्ठ परिवारबाट १,१११ डलर,जीवन अर्याल (स्पाइस किचेन)बाट १,१०१ डलर, आकाश तथा डेगाना राई परिवारबाट १,१०० हजार, तमु प्ले ल्हु अमेरिका परिवारबाट १,०५१ डलर, श्रीजना भट्टबाट १,०११ डलर, नवराज तथा दिना श्रेष्ठ परिवारबाट १,०११ डलर, मदन तथा देवी श्रेष्ठ परिवारबाट १,००५ डलर, सूर्य कुमारी तथा मदन श्रेष्ठ परिवारबाट १,००५ डलर, बाल कृष्ण तथा तुमला श्रेष्ठ परिवारबाट १,००५ डलर,  सहयोग गर्ने प्रतिबद्धता भएको छ । 

त्यसै गरी कोलोराडो नेवा: खल १,००१ डलर, प्रेम काजी श्रेष्ठ परिवारबाट $१,००१ डलर, हरि कुमार श्रेष्ठ तथा पार्वती श्रेष्ठ परिवारबाट १,००१ डलर, अरुण दास श्रेष्ठबाट १,००१ डलर, मनोज तथा शर्मिला खत्री परिवारबाट १,००१ डलर, शिशिर ज्ञवाली तथा बिनिता अधिकारी परिवारबाट १,००१ डलर, सन्तोष श्रेष्ठ तथा अमिना ताम्राकार परिवारबाट १,००१ डलर, माधबी, सुमेधा, मेधाज, अलिएना, मेहेज्या तथा विष्णु परिवारबाट १,००१ डलर, प्रेम गेलाल तथा देभाश्री परिवारबाट १,००१ डलर, राम तथा गीता घिमिरे परिवारबाट १,००१ डलर, देओ नारायण धौराली परिवारबाट १,००१ डलर, मनिष थापा तथा बिनिता बस्नेत परिवारबाट १,००१ डलर, झलक तथा प्रियंवदा सोती परिवारबाट १,००१ डलर, बिशेस्वर तथा मिरा के सी परिवारबाट १,००१ डलर, सुरेन्द्रमान डङ्गोल परिवारबाट १,००० डलर, पदम थापा परिवारबाट ६०१ डलर, अनिल बुढाथोकी परिवारबाट ६०१ डलर, डिल्ली अधिकारी तथा कोपिला न्यौपाने परिवारबाट $५२१ डलर, जीवन तथा सुनिता दाहाल परिवारबाट ५२१ डलर, सुरेन्द्र अधिकारी परिवारबाट ५०५ डलर, कृष्ण पन्त परिवारबाट ५०० डलर सहयोग गर्ने प्रतिबद्धता भएको छ ।

हिजोको सप्ताह कार्यक्रमको अतिथि कोलोराडो डिस्ट्रिट-६ का कांग्रेसमेन जेसन क्रो तथा जो होर्थर (integration partnership coordinator Colorado Refugee Service program) ले गरेका थिए भने कार्यक्रमको सञ्चालन तारा अधिकारीले गरेकी थिइन । कार्यक्रममा अरोरा प्रहरी विभागलाई प्रसन्सा पत्र दिइएको थियो । एक दिन अगाडि प्रतिबद्धता गर्ने नवीन दत्त तथा निलम श्रेष्ठ, दीपक गौतम तथा डा. संगिता श्रोत्रियालाई खादा लगाइ सम्मान गरिएको थियो ।

भक्तजनहरूलाई पवित्रा देउराली, ताज ईन्डिया-अरोरा, नारायण दुवाल, गुर्खाज अन द हिल-बोल्डर, मिना जी, मिनी इन्डिया रेस्टुरेन्ट-वेष्टमिनिस्टर, ज्वेल अफ ईन्डिया- रमेश गुरुङ, फणीन्द्र कार्की -वेस्ट्मिनिस्टर, अरुण गुरुङ तथा देवी गुरुङ परिवार र शान्ती श्रेष्ठ परिवारबाट निःशुल्क खाना उपलब्ध गराई सहयोग गरेका थिए ।

 

बाँकी फोटोहरु पछी प्रकाशित हुनेछन ।

प्रतिक्रिया