अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:१९ | Colorodo: 20:34

गजल

आशा गुरुङ्ग २०७५ साउन १६ गते २२:२२ मा प्रकाशित

बैँसको यो उन्माद सँगै लठ्ठ मात्या कुरा ।
नगर्नु नि लाज हुन्छ यौवन साट्या कुरा।।

सबैलाई थाह नै छ प्रेम भन्ने चिज यस्तै ।
तर कसले पचाउँछ र सिमा नाघ्या कुरा।।

भित्ताको नि कान हुन्छ भन्छन् बुझ्नेहरू।
पधेरिमा नओकल्नु हाम्ले आँट्या कुरा।।

बिचार गर्नु हिँड्नु अघि बाटो ओसिलो छ।
सिलाएर नयाँ हुन्न पहिल्यै फाट्या कुरा।।

नगर्नु नि लाज हुन्छ यौवन साट्या कुरा ।
तर कसले पचाउँछ र सिमा नाघ्या कुरा।।

प्रतिक्रिया