अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:४८ | Colorodo: 05:03

गजल

आशा गुरुङ्ग २०७५ असार ३० गते ८:१५ मा प्रकाशित

हेरी बस्ने टुलु-टुलु रहर कस्तो तिम्रो ।
मानवता नै नभएको शहर कस्तो तिम्रो ।।

बर्षाैं देखी उही पिंडा धैर्य टुटी सक्यो ।
सधै पिंडा जन्माउने प्रहर कस्तो तिम्रो ।।

सबको सम्मान गर्नु पर्छ लेखिएको गजलले ।
दुस्मनी र फाटो ल्याउने बहार कस्तो तिम्रो ।।

भैगो छोड मरेकालाई गर्दैनन् केही तिनले ।
मरेकालाई बिउँझाउने जहर कस्तो तिम्रो ।।

म चिताउँछु भलो भन्ने हक छैन कसैकोनी ।
सधैं एकाधिकार चल्छ भन्ने ठहर कस्तो तिम्रो ।।

हेरी बस्ने टुलु-टुलु रहर कस्तो तिम्रो ।
मानवता नै नभएको शहर कस्तो तिम्रो ।।

प्रतिक्रिया