अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:२५ | Colorodo: 01:40

गजल

आशा गुरुङ्ग २०७५ असार १५ गते ११:३९ मा प्रकाशित

नदेखेको प्रेम अब छुटेरपो के भयो र ।
चर्किएको मुटु अब फुटेरपो के भयो र ।।

आकाशले थिचीदिन्छ धरतीले मिचिदिन्छ ।
आश्वासनका शब्दहरू जुटेरपो के भयो र ।।

पलभरि लाई खुसी हुँदा युगौं रुनु पर्छ यहाँ ।
असहाय यो जिन्दगीलाई चुटेरपो के भयो र ।।

क्षणभरमै ओइलाउने फुल रैछ जिन्दगानी ।
मक्किएको चाहनालाई खुटेरपो के भयो र ।।

बाग फुल्छ यौवनको कैदी हुन्छन् नजरहरू ।
बेचिएको अस्मितालाई लुटेरपो के भयो र ।।

नदेखेको प्रेम अब छुटेरपो के भयो र ।
चर्किएको मुटु अब फुटेरपो के भयो र ।।

प्रतिक्रिया