अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:३२ | Colorodo: 09:47

गजल

आचार्य प्रभा २०७५ असार ११ गते ८:१२ मा प्रकाशित

आखिर सिताले आफ्नो शरीर दीपन गर्नै पर्‍यो
चोखो साबित हुँ भन्न दुष्टको शरण पर्नै पर्‍यो |

के फुर्ती लाउनु?सत्ता र ओहोदामा बस्नेहरुले
खाएको अपच भएपछि क्षति पूर्ति भर्नै पर्‍यो |

अहमताले अग्ला महलको शान देखाउँदथे
भूकम्पको धक्का लागेपछि झुप्रोतिर सर्नै पर्‍यो |

देखाउँछन् शान,सौकत पदको अहमपनामा
कालो कर्तुत खुले पछि ओह्रालोतिर झर्नै पर्यो|

हुँईकिन्छन् धनीमानीहरु दिनहुँ चिल्ला कारमा
असमानताको कारणले गरिबले मर्नै पर्‍यो |