अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:५८ | Colorodo: 23:13

अन्तर्रात्माबाट नै श्रद्धाञ्जली तिमीलाई

आचार्य प्रभा २०७५ असार ४ गते २१:४४ मा प्रकाशित

कविता

आखिर ईश्वर पनि कहाँ
न्यायकारी हुँदो रहेछ र ?
जो आफू एक बाँचेर
लाखौँको ज्यान जोगाउँछ
उसैलाई मृत्युवरण गराउँदछ
जो बाँचेर पनि मरेतुल्य भएर
लाखौँलाई मारी रहेको हुन्छ
उसैलाई न्याय दिन्छ|
ए ….ईश्वर तँलाई म
कुन आधारमा पुजुं
जो अदृश्य बनेर आज
अन्यायको पट्टी बाँधी रहेछस्
आफ्नो आँखामा
र…….अनजान बनी रहेछस्
ईश्वरको उपमा भिरेर |
भन,कसैको उद्धार गर्नु पाप हो ?
कसैलाई मृत्युबाट बन्चित गरेर
नयाँ जीवन दान दिनु
अपराध हो?
यदि अपराध हो भने
के उपेंन्द्रलाई यही सजाय
दिइएको हो?
हो …….तँ ईश्वर होस्
मान्छेको आस्था अनि विश्वास
त्यसैले …..हामीले विश्वास गर्‍यौँ
र ……..पुकार्यौं तँलाई
अफसोच ! हाम्रो आस्थाको
धरहरा नै ढले पछि,
हाम्रो विश्वासमा बज्र परेपछि
हामीले के नै गर्न सक्यौँ र ?
बस …..दुई शब्द श्रद्धाञ्जली
चढाउँन सिवाय!यसैले … …
डा.दुई शब्द श्रद्धाञ्जली तिमीलाई
अन्तर्रात्माको गहिराईबाट |