अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:३८ | Colorodo: 17:53

समुद्रको किनारामा लमजुंग बनभोज सम्पन्न

खेम भट्टचन, वासिङ्टन डिसी २०७५ जेठ २८ गते १०:०५ मा प्रकाशित

अमेरिकाको म्यारिल्याण्ड राज्यमा पर्ने आन्ध्र महासागरको बडो मनोरम सामुन्द्रिक तटमा अमेरिका लमजुंग सेवा समाजको वार्षिक बनभोज भब्यताका साथ सम्पन्न भएको छ।

अमेरिकाका लागी महामहिम राजदूत डा. अर्जुन कुमार कार्कीको प्रमुख आतिथ्यमा आयोजित बनभोजमा पेन्सिल्भानिया र म्यारिल्याण्डका लागी नेपाल सरकारका अवैतनिक महाबाणिज्यदुत प्रेमराजा महत बनभोजका विशेष अतिथि थिए । अमेरिकामा आयोजना हुने गर्ने नेपालीहरूको बनभोजहरुमा साधारणतया नेपाली राजदूत नजाने चलन भएको तर लमजुंग बनभोजमा महामहिम राजदूत आई दिनुभएकोमा खुसी लाग्यो आयोजक संस्थाका अध्यक्ष शशी थापाले बिआरटी नेपाललाई भने ।

आयोजकहरूले नेपाल देखी नै ल्याएको लमजुंग जिल्लाको विशेष परिकार चाम्रे भनिने अनदीको भात बनभोजको विशेष आकर्षण थियो । लमजुंग जिल्लाको अर्को आकर्षण ठाडो भाका भनिने सालैजो गीतको क्यासेट घन्काएर लमजुंग र म्याग्दीका महिलाहरूको समूह समुन्द्रको किनारमा नाचेका थिए ।

चिकन बार बि क्यु सहितको स्वादिष्ट खाना, पे बार र नाचगानमा करिब ४०० जति नेपालीहरूको हल्लाले नजिकको सेल्टरमा भएको अमेरिकनहरूको अर्को बनभोजलाई डिस्टर्ब भएर सरकारी स्टेट पार्कका सुरक्षाकर्मीहरू नेपालीहरूको हल्ला बन्द गराउन आएका थिए । लमजुंग सेवा समाजका कार्यकर्ताहरू शशी थापा, पुष्पा घिमिरे, अरुण श्रेष्ठ, रमेश श्रेष्ठ, मन कुमार श्रेष्ठ, रेणुका थापा, दिनेश कमाली, विजय अधिकारी, मनोज रेग्मी, रुटमान गुरुङ लगायत थुप्रै कार्यकर्ताहरू बनभोजमा खटेका थिए ।

आयोजक संस्थाका सल्लाहकार तथा प्रवासी नेपाली मञ्च अमेरिकाका अध्यक्ष प्रभु थापा लगायत बाल्टिमोरका नेपाली सङ्घ संस्थाका पदाधिकारीहरू बनभोजमा उपस्थित थिए ।

लमजुंग बनभोजमा सहभागी भएर घर फर्किँदा पार्कबाट निस्कँदासाथ बाटोमा ठुलो झरी स्टोर्मले हानेर ५ फिट बाटो नि नदेखिने ठुलो मौसम खराबमा परेर बनभोजका थुप्रै सहभागीहरूको गाडी दुर्घटना भएको सुनियो । अमेरिकाको जेठो संस्था अमेरिका नेपाल सोसाइटीका पूर्व अध्यक्ष खेम भट्टचनको गाडी पनि हेब्बी स्टोर्म खराब मौसम लो भिजीबिलिटीको कारणले क्रफ्टन ५० वेस्टको हाईवेमा दुई घण्टा अलपत्र परेका थिए । 

प्रतिक्रिया