अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:४३ | Colorodo: 02:58

नेवा: अर्गनाईजेसन अफ् अमेरिका (NOA) मा पुष्कर प्रजापति नयाँ कार्यवाहक अध्यक्ष

खेम भट्टचन, वासिङ्टन डिसी २०७५ असार २९ गते ८:३९ मा प्रकाशित

अमेरिकाको सक्रिय संस्था नेवा अर्गनाईजेसन अफ् अमेरिका (NOA) को नयाँ कार्यवाहक अध्यक्षमा पुष्कर प्रजापति चुनिएका छन् । बबिता श्रेष्ठ प्रधानले अध्यक्ष पदबाट राजीनामा दिएपछि संस्थाको विधान बमोजिम वरिष्ठ उपाध्यक्ष पुष्कर प्रजापति कार्यवाहक अध्यक्ष चुनिएको NOA को प्रेस वक्तव्यमा जनाइएको छ ।

अमेरिकाको वासिङ्टन डिसी एरियामा NOA को आयोजनामा हुने गर्ने न्हुदया भिन्तुना, इन्द्र जात्रा लगायत ठुला ठुला कार्यक्रमहरूमा सधैँ नेवा: भाषामा ऊद्घोषण गर्ने र नेपालको नेवा: पहिरनमा सजिएर नेपालदेखि नै ल्याइएको नेवा: धिमे बाजा बजाएर/घन्काएर एक छिन् भए पनि अमेरिकाको सहरलाई काठमाडौँ उपत्यकाको गल्ली गल्ली जस्तै बनाई दिने गरेका पुष्कर प्रजापति अमेरिकामा नेपालको नेवा:संस्कृतिको सम्बन्धनमा लागिपरेका एकदमै सक्रिय कार्यकर्ता हुन् ।

अमेरिकाको स्थानीय सरकार म्यारिल्याण्ड राज्यको मोन्टोगोमोरी काउन्टी गभरमेन्टमा पुष्कर प्रजापति वरिष्ठ आई. टी. इन्जिनियरको रूपमा कार्यरत छन्। 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू