अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:०१ | Colorodo: 18:16

चर्चित दोहोरी कलाकारहरूले बाल्टिमोर अमेरिकाको तिजमा नचाउनु नचाए

खेम भट्टचन, वासिङ्टन डिसी २०७५ भदौ १९ गते ०:४७ मा प्रकाशित

नेपालका राष्ट्रिय स्तरका दोहोरी कलाकारहरूले अमेरिकाको बाल्टिमोरमा “माइती देशको सम्झना २०१८ “ नामको तिज कार्यक्रममा दिदी बहिनीहरूलाई नचाउनु नचाएको खबर छ ।

प्रवासमा आयोजना हुने तिज कार्यक्रमहरूमा तिजको गीत बजाएर नाच्ने चलन छ भने यही सेप्टेम्बर २ तारिख आइतबार साँझ अमेरिकाको बाल्टिमोरमा चाहिँ अलि फरक तरिकाले तिजको नाचगान गरियो । नेपालका राष्ट्रिय स्तरका दोहोरी कलाकारहरूले स्टेजमा लाइभ गीत गाएर दर्शकहरूलाई नचाए । 

आई फोन र गीतको क्यासेटमा तिजको गीत बजाएर नाच्ने भन्दा नेपालमा नाम चलेका कलाकारहरूले स्टेजमै गएर गीत गाउँदा एकदमै यथार्थ लाइभ तरिकाले तिजको गीतमा बाल्टिमोरबासी दिदी बहिनीहरू नाच्न पाएको संभवत अमेरिकामै पहिलो पटक हो । दोहोरी गीतका नेपालका राष्ट्रिय स्तरका कलाकारहरू सिर्जना विरही थापा मगर, राजन ठकुरी, मुना थापामगर, कुलेंद्र विक र अमृत रामदानले स्टेजमै लाइभ गएर लाइभ गाएर मध्ये राती सम्म दिदी बहिनीहरूलाई नचाउनु नचाए । 

बाल्टिमोरमा बसोबास गर्ने नेपाली महिलाहरूको नयाँ समूह Womens’ Helping Hands , Baltimore को आयोजनामा भएको तिज कार्यक्रममा ३०० तिन सय जति दिदी, बहिनीहरू सहभागी थिए । दोहोरी कलाकार राजन ठकुरीले कार्यक्रम सञ्चालन गरेका थिए।  

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू