अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:५५ | Colorodo: 04:10

आदिवासी जनजाति महिला महासंघ अमेरिकाको अन्तर्राष्ट्रिय नारी दिवस कार्यक्रम सम्पन्न

बिआरटीनेपाल २०८० चैत ४ गते १२:१३ मा प्रकाशित

न्युयोर्क । आदिवासी जनजाति महिला महासंघ अमेरिका (फिवना) ले न्युयोर्कमा अन्तर्राष्ट्रिय महिला महिला दिवसको अवसरमा विभिन्न कार्यक्रमका साथ सम्पन्न गरेको छ । कार्यक्रम मार्च ९,२०२४ का दिन फिवनाको आफ्नै कार्यालयमा सम्पन्न गरेको छ । कार्यक्रममा फिवनालाई विभिन्न क्षेत्रमा सहयोग गर्ने ब्यक्तित्लहरूलाई सम्मान गरिएको थियो भने विभिन्न जानकारीमूलक कार्यक्रमहरूपनि सम्बन्धित व्यक्तित्वहरूले प्रस्तुत गरेका थिए ।

उक्त अवसरमा युनाइटेट किरात राई एसोसिएसन अफ अमेरिका (युक्रा) कि पुर्ब अध्यक्ष तथा वर्तमान सल्लाहकार मुना राई गुरुंगलाई विगत लामो समय देखि सामाजिक कार्यमा संलग्न भएर फिवनालाई विभिन्न क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्‍याए बापत सम्मान गरिएको हो । साथै सामाजिकरूपना विभिन्न भूमिका खेल्दै आएका र फिवनालाई विभिन्न क्षेत्रमा सहयोग पुर्‍याएको योगदानलाई कदर गर्दै हेल्लो अमेरिकाका सम्राट् कार्कीलाई पनि सम्मान गरिएको हो।

सोही क्रममा विभिन्न व्यक्तित्वहरूको मन्तव्य सँगै विशेष जानकारीमूलक सामग्रीहरूको प्रस्तुति पनि रहेको थियो प्रस्तोताहरूमा फिवनाका अध्यक्ष इन्दिरा चोङबाङले महिला अधिकार सम्बन्धी कार्यपत्रमा विषयमा विभिन्न महिलाहरूको स्थिति र महिला सशक्त हुनका लागि के कस्ता प्रयासहरू गर्नुपर्छ भन्ने विषयमा सुझावहरू प्रस्तुत गरिन्न । त्यस्तै वित्तीय तथा सामाजिक सुरक्षा व्यवस्थापन सम्बन्धी फिवनाका सल्लाहकार सङ्गिनी राना मगरको विभिन्न जानकारीहरू र यो किन आवश्यक छ भन्ने प्रसॅगहरूमा जोड दिइन् । प्रस्तुतिकै क्रममा आयकर सम्बन्धी जानकारी नीलिमा शाक्यको थियो । त्यस्तै रुमी क्षेत्रीले स्वास्थ्य बिमा सम्बन्धी विभिन्न सूचनाहरू प्रस्तुत गरिन् ।

महिला सशक्तीकरणको साथै आर्थिक अवस्था सुदृढीकरण विकासमा विशेष जोड दिँदै अधिकारका कार्यकारी निर्देशक नबर्दा क्षेत्रीले आफ्नो मन्तव्य राखिन् । मन्तव्यकै क्रममा विश्वभरका प्रतिनिधिहरूको उपस्थितिमा लैंगिक समानता र महिला सशक्तीकरणसँग सम्बन्धित मुद्दाहरूलाई सम्बोधन गर्न अमेरिकाको न्युयोर्क स्थित संयुक्त राष्ट्र सङ्घको भवनमा आयोजना हुने “commission on the status of women (CWS) को ६८ औँ संस्करणमा सहभागी अनेरास्वबियुकी अध्यक्ष आरती लामाले महिलाहरू सशक्त हुनको लागि आर्थिक र सामाजिक विकासमा जोड दिनु पर्ने कुरा व्यक्त गरिन् । सोही अवसरमा आदिवासी जनजाति महासंघ, अमेरिका (फिपना) का अध्यक्ष तोरण गुरुंगले महिला दिवसको इतिहासलाई कोट्याउँदै यो अवसरले विश्वका महिलाहरू अहिलेको यो अवस्थामा आईपुग्दाको अवस्थाको प्रशंसा गर्दै महिला दिवसको अवसरमा शुभकामना व्यक्त गरे ।

कार्यक्रमको सञ्चालन फिवनाकी महासचिव इन्दु गुरुङ लामिछाने र सदस्य शान्ति जिरेलले संयुक्तरुपमा गरेका थिए भने सभाको सभापतित्व अध्यक्ष इन्दिरा चोङबाङले गरेकी थिइन् । कार्यक्रममा सम्पूर्ण उपस्थितलाई सस्थाकि उपाध्यक्ष मैना सिंह बज्राचार्यले गरेकी थिइन् । उक्त अवसरमा ८६ बर्षिया आमा लगायत अरू पनि बृद्ब आमाहरूको विशेष सम्मानपूर्वक सहभागिता थियो त्यस्तै न्यूयोर्कमा रहेको विभिन्न सॅघ सॅस्थाहरूको पनि उपस्थित रहेको थियो ।

सोही अवसरमा फिवनाका आजीवन सदस्य लिनेहरूलाईपनि प्रमाणपत्र र खादाबाट सम्मान गरियो ।सदस्यताको प्रमाण पत्र लिनेहरूमा अति कला लामा, सुभद्रा लिम्बु, कृष्ण लामा, सिप्रा चौधरी, किशोरी चौधरी, दिलमाया लिम्बु, शान्ति गुरुङ, इन्दिरा राई, नीलिमा शाक्य र विष्णु तामाङ रहेका थिए ।

कार्यक्रमको अन्त्यमा न्युयोर्क सिटी मेयर कार्यालयकी दक्षिण एशियाली मामिला सल्लाहकार प्रमुख पाट्रिसिया रघुनन्दले महिलाहरू यसरी नै अघि बढ्नुपर्ने जोड दिँदै आफ्नो मन्तव्य राखिन् । माईनोरिटी ईम्पावरमेन्ट नेटवर्ककी कार्यकारी निर्देशक श्रेया तुलाधरले संस्थाले न्युयोर्क सिटी र नेपाली सङ्घ सस्थाहरुको सहयोगार्थ पुलको काम गर्दै आएको जानकारी दिइन्।

उपस्थित सम्पूर्णलाई धन्यवाद दिँदै कार्यक्रमका सभापतित्व संस्थाकी अध्यक्ष चोङबाङले कार्यक्रमको समापनको घोषणा भएको थियो। औपचारिक कार्यक्रमको समापनपछि फिवनाको ( Empowered Women Empower the World) स्लोगन र संस्थाको लोगो सहितको टिसर्टमै महिला दिदीबहिनीहरूले सामूहिक तस्बिरहरू लिएको थिए ।

प्रतिक्रिया