अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:५७ | Colorodo: 15:12

अमेरिकाको बाल्टिमोरमा पहिलोपल्ट इन्द्र जात्रा मनाइँदै

खेम भट्टचन, वासिङ्टन डिसी २०७५ असोज ५ गते ८:५७ मा प्रकाशित

काठमाडौँ उपत्यकाको धिमे बाजा घन्काउँदै, लाखे नाच्दै अमेरिकाको बाल्टिमोर सहरमा पहिलोपल्ट “येन्हा पुन्ही इन्द्र जात्रा” मनाइने भएको छ ।

यही सेप्टेम्बर २३ तारिख आउने आइतबार दिउँसो १२ बजे देखी बेलुकी ५ बजे सम्म सामुन्द्रिक तट मा अवस्थित गण पाउडर स्टेट पार्कमा नेवारी खाना: छोयला, कचिला, बारा, वासा, सामेबजी खाँदै येन्हा पुन्ही इन्द्र जात्रा” को बहुतै रमाइलो हुने बाल्टिमोरबाट BANA का पूर्व अध्यक्ष विजय श्रेष्ठले बिआरटी नेपाल डटकमलाई जानकारी गराए। बिआरटी नेपालको फेसबुकबाट ईन्द्रजात्राको प्रत्यक्ष प्रसारण गरिने छ । 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू