अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:०२ | Colorodo: 00:17

समुद्रको किनारमा ठुलो स्क्रिन टाँगेर वोर्ल्ड कप फाइनल हेर्दै पर्बत समाजको बनभोज सम्पन्न

खेम भट्टचन, वासिङ्टन डिसी २०७५ असार ३२ गते १७:२९ मा प्रकाशित

आन्द्र महासागर समुद्रको किनारमा ठुलो स्क्रिन ठड्याएर क्रोसिया र फ्रान्सको वर्ल्ड कप फाइनल हेर्दै पर्बत मोदी काली समाज अमेरिकाको बनभोज भव्यताका साथ सम्पन्न भएको छ। 

पेन्सिल्भानिया र म्यारिल्याण्डको लागी नेपाल सरकारका महाबाणिज्यदुत प्रेमराजा महतको प्रमुख आतिथ्यमा भएको यस बनभोजमा डिसी, भर्जिनिया र म्यारिल्याण्ड राज्यका ४०० जति नेपालीहरू सहभागी थिए ।

वोर्ल्ड कप फाइनलको दिनमा बनभोज परेकोले, पर्बत बनभोजमा जाँदा वोर्ल्ड कप फाइनल नछुटोस् भनेर सहभागीहरूको ईछ्यालाई ध्यानमा राखेर समुन्द्रको किनारमा अवस्थित पिकनिक सेल्टरमै ठुलो स्क्रिन ठड्याएर प्रोजेक्टर मार्फत वोर्ल्ड कपको फाइनल गेम देखाउँदै खाएको यो बनभोज नै नेपालकै ईतिहाँसमा पहिलो बनभोज भएको आयोजक संस्था पर्बत मोदी काली समाज अमेरिकाका अध्यक्ष रुद्र गुरुङले दाबी गरे। 

नेपाली बनभोजहरुमा जहाँपनी सबैले आआफ्ना घरबाट खाना बनाएर ल्याएर खाने पटलकको चलन छ भने यो पर्बत बनभोजमा चाहिँ पटलक नगरिएको र पिकनिक सेल्टरमै आयोजकहरूले नै पकाएर खाना खुवाइएकोले यो कुरामा पनि पर्बत मोदी काली समाज अमेरिकाले पहिलो रेकर्ड राख्यो आयोजक संस्थाका महासचिव रेसम सुवेदीले भने। यसै गरी, अहिले विदेशमा बस्ने सबै नेपालीहरूले नेपालबाट मगाएर मात्रै खाने गरेको गुन्द्रुक हामीले अमेरिकाको बाल्टिमोरमै बनाएको नेपाली गुन्द्रुक बनभोजमा सबैलाई खुवाइएको अर्को नयाँ रेकर्ड खाना व्यवस्थापनका संयोजक चिरिन्जीबी सुवेदीले बताए । 

नेपालमा छापेको टिसर्ट मात्रै विदेशमा उपलब्ध हुने गरेको हालसम्मको चलन थियो भने टिसर्टमा नाम, नेपाली अङ्ग्रेजी अक्षर र फोटो समेत छापेर पाँच मिनेट मै पिकनिक सेल्टरमै टिसर्ट वितरण गरिएको पहिलोचोटी भएकोले, यो कुरामा पनि पर्बत मोदी काली समाजले नयाँ रेकर्ड राख्यो – उद्घोषक प्रवीण भण्डारीले भने।

वोर्ल्ड कप फाइनलको कारणले बेलुकीको चार बजे मात्रै लन्च सुरु भएतापनी चिरिन्जीबी सुवेदीले डेढ सय किलोमिटर टाढा भर्जिनिया देखी ल्याएको कुखुराको पखेटा, अचार, भुजिया, निमकिन, खर्बुजा, सोडापानी र पे बारमा पुरुष युवाहरू दिनभरि नै जमेका थिए।

पर्बत मोदी काली समाज अमेरिकाका अध्यक्ष रुद्र गुरुङको स्वागत मन्तब्यबाट सुरु भएको बनभोजको बिआरटी नेपाल डट कमबाट प्रत्यक्ष प्रसारण गरिएको थियो।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू