अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:०४ | Colorodo: 16:19

भण्डारीको चुनावी अभियानको लागि सहयोग समूह गठन

बिआरटीनेपाल २०८० चैत १९ गते १४:३७ मा प्रकाशित

मेरिल्याण्ड राज्यको डिष्टिक २ वाट कंग्रेशनल चुनावको लागि उमेदवारी दिनुभएका नेपाली मूलका पहिलो विधायक डा हयारी भण्डारीको चुनावी अभियानलाई सहयोग, आर्थिक सहायता र स्वयंसेवक समेत परिचालन गर्नका लागि एक समिति गठन गरिएको छ । विहीवार अमेरिका भरिका संघसंस्थाका प्रतिनिधी, प्रवुद्ध समूह, विभिन्न पेशा र व्यवसायमा संलग्न नेपाली अमेरिकनहरुको भर्चुअल माध्यमवाट गरिएको भेलाले सर्वसम्मत रुपमा न्यूयोर्कमा कानून व्यवसायमा संलग्न रहँदै आउनु भएका कानून व्यवसायी वासु फुलाराको संयोजकत्वमा एक समिति गठन गरिएको छ ।

समितिमा अमेरिका भरिवाट संघसंस्थाका प्रतिनीधिहरु, विभिन्न पेशा व्यवसायमा संलग्न रहँदै आउनु भएका व्यक्तित्वहरु रहनु भएको छ ।

संयोजक पुलाराले कंग्रेशनल चुनावी अभियानमा भण्डारीलाई सहयोग गर्न पाउनु एक सुखद पल भएको टिप्पणी गर्दे भन्नुभयो संयोजकको रुपमा चयन हुन पाएकोमा मैले सम्मानको रुपमा लिएको छु । अव हामीहरुले भण्डारीले हासिल गर्नुभएको राजनीतिक उचाईलाई होस्टेमा हैसे गरेर हाम्रो सुदायको हीतको लागि र हामीहरुको सपनालाई साकार रुप दिनका लागि उहाँको चुनावी अभियानमा हातेमालो गर्नुपर्नेछ ।

भेलामा उपस्थित हुनु भएका एक दर्जन भन्दा वढी राज्य सामाजिक अभियन्ताहरुले भण्डारीको चुनावी अभियानलाई हरेक तरिकाले साथ र सहयोग पुरयाउन प्रतिवद्ध रहेको वताउनु भयो ।
कार्यक्रममा सहभागी व्यक्तित्वहरुले भण्डारीले विगत एक दशक देखि नेपाली अमेरिकनलाई अमेरिकाको मूलधारको राजनीतिमा सहभागिता जनाउन खेल्नु भएको भूमिका, समुदायको वृहत्तर हीतको लागि अहोरात्र खटेर आफूलाई अव्वल राजनीतिज्ञको रुपमा स्थापित गराईसक्नु भएकाले उहाँलाई सहयोग गर्न अमेरिका भरिका नेपालीलाई अनुरोध पनि गर्नु भएको थियो ।

भण्डारीको चुनावी क्याम्पनेका शाम रिभर्स, म्याट केशलरले अहिले सम्मका गतिविधीहरुको वारेमा समुदायका अगुवाहरुलाई जानकारी गराउनुभएको थियो ।

कार्यक्रममा भण्डारीको क्यापेनले चुनावी अभियानलाई लक्षित गरेर आर्थिक सहयोग उपलब्ध गराउन पठाउँदै आएको म्यासेज,ईमल मार्फत सहयोग गर्न समुदायलाई अपिल गरिएको जनाइएको थियो ।
कार्यक्रममा कंग्रेशनल उमेदवार तथा मेरिल्याण्ड राज्यका डेलिगेट हयारी भण्डारीले नेपाली अमेरिकनको साथ र सहयोगले यो अभियानलाई उचाईमा पुरयाउन सकिने वताउनुभयो ।

हाम्रो यस अभियानलाई सशक्त ढंगले अगाडि वढाउनको लागि एक महत्वपूर्ण टीमा क्रियाशील रहेको छ । जस्मा साम रिभर्स राजनीतिक अभियान तथा व्यवस्थापनमा काम गर्नुहुन्छ । उहाँसँग एक दशक लामो अनुभव रहेको छ । यसैगरी म्याट केस्लरले विभिन्न कार्यक्रमहरुको आयोजना तथा स्वयंसेवकहरुको परिचालनमा भूमिका निर्वाह गर्नुहुन्छ । ब्रिटनी बोडेनहाईमरले विगत एश दशक देखि चुनावी अभियानमा रणनैतिक कार्ययोजनाको क्षेत्रमा का मगर्दे आउनुभएको छ । यसैगरी मिकयेर ईलियट एक अनुभवी राजनीतिक रणनीतिकारको रुपमा निर्वाचनमा विजय हासिल गराउन सहयोग पुरयाउन भूमिका खेल्नुहुन्छ ।

यसै गरी टिममा मिशेल गजेव्स्कीले रणनीतिका साथ चुनावी अभियानको भूमिकामा अनुभव प्राप्त व्यक्ति हुनुहुन्छ । टीममा रहेका केभिन म्याकोओन, मारा कुनिन, जोशुआ एस्टेवान उलिबार्री र हाना हलको सामूहिक कार्ययोजनामा चुनावी अभियानमा नविनतम अनुसन्धान, नागरिकका लागि सेवामा महत्वका साथ का मगर्दे आउनुभएको छ ।

उहाँले भन्नुभयो यो चुनावी अभियानले तपाई हाम्रो आवाजलाई अमेरिकाको राजधानीसम्म पुरयाउने एक महत्वपूर्ण अवसर हो, तपाईहरुको यो हौसलाले मलाई उत्पेरणा मिलेको छ । मलाई विश्वास छ हामीहरुले विविधताले भरिएको अमेरिकामा हामीहरुले ईतिहास निर्माण गर्न सक्ने छौं ।

यसैवीच संयोजक फुलाराले शुक्रवार विहानवाट नै यो अभियानको थालनी भएको भन्नुहुँदै अव हामीहरुले अमेरिका भरिका नेपाली माझ कुन माध्यमवाट जाने र भण्डारीको अभियानलाई सहयोग गर्ने भनेर छलफल,आर्थिक संकलन र स्वयंसेवक परिचालन गरिने वताउनु भयो ।

थप जानकारीको लागि वा अन्तर्वार्ताको लागि, कृपया सम्पर्क गर्नुहोस्:

म्याट केस्लर – क्याम्पेन म्यानेजर
harry@harrybhandari.com
240 619 0546

प्रतिक्रिया