अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:३० | Colorodo: 12:45

टर्किस एयरलाइन्सले डेनभर–इस्तानबुल उडान सुरु गर्ने

बिआरटीनेपाल २०८० चैत २४ गते १८:३८ मा प्रकाशित

कोलोराडो । टर्किस एयरलाइन्सले आगामी जुन ११ देखि डेनभर–इस्तानबुल उडान सुरु गर्ने भएको छ । यससँगै कोलोराडोबासी नेपालीहरू एउटा ट्रान्जिट भएर दुई वटा प्लेनबाट नेपाल जान सक्ने भएका छन् ।

एयरलाइन्सले सुरुमा साताको तीन पटक उडान गर्ने जनाएको छ । जुलाई १४ देखि भने साताको चार पटक उडान हुने कम्पनीको भनाइ छ । एयरलाइन्सले डेन्भर–इस्तानबुल उडानको दुई दिनको समय तालिका पनि सार्वजनिक गरेको छ । त्यसअनुसार इस्तानबुल–डेन्भर उडान तालिका अपराह्न १ः५५–५ः४० बजे छ भने डेन्भर–इस्तानबुल उडान तालिका साँझ ७ः५५–४ः२५ बजे छ । थप एक उडान तालिका तय हुन बाँकी छ । उडान भने मङ्गलवार, बिहीबार र शुक्रवार हुनेछ ।

डेनभरदेखि इस्तानबुलको उडान दूरी ६ हजार एक सय २९ माइल छ । टर्किस एयरलाइन्सले एयरबस ए ३५०–९०० विमानबाट उडान गर्नेछ ।

टर्किस एयरलाइन्स अरू एयरलाइन्सको तुलनामा धेरै देशमा उडान भर्ने कम्पनी हो । यो एयरलाइन्सले अमेरिकामा एटलान्टा, बस्टन, सिकागो, ह्युस्टन, डालस, डेट्रोइट, लस एन्जेलस, मायामी, न्यु योर्क, नेवार्क, सान फ्रान्सिस्को, सियाटल, र वाशिङ्टनमा उडान गर्दै आएको छ ।

प्रतिक्रिया