अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:४८ | Colorodo: 20:03

अर्थमन्त्री डा. युवराज खतिवडालाई वासिङ्टन डिसीमा भव्य स्वागत

खेम भट्टचन, वासिङ्टन डिसी २०७५ साउन २३ गते १०:३६ मा प्रकाशित

विश्व बैङ्कको बैठकमा भाग लिन आएका नेपालका अर्थमन्त्री डा. युवराज खतिवडालाई वासिङ्टन डिसी स्थित नेपाली दूतावासको आयोजनामा भव्य स्वागत गरियो । 

माननीय अर्थमन्त्री डा. युवराज खतिवडाको सम्मानमा अमेरिकाका लागी नेपाली राजदूत डा. अर्जुन कुमार कार्कीद्वारा राजदूत निवासमा आयोजित रात्रीभोजमा अमेरिकाको विदेश मन्त्रालय स्टेट डिपार्टमेन्ट, संसद् भवन क्यापिटल हिल्स, विश्व बैङ्क, आई एम् एफ, युएसएआईडी, व्हाइट हाउस र विभिन्न दातृ संस्थाका वरिष्ठ पदाधिकारीहरूको सहभागिता थियो ।

राजदूत डा० अर्जुन कार्कीले उपस्थित विशिष्ट व्यक्तिहरूलाई स्वागत गरेपछि अर्थमन्त्री डा. युवराज खतिवडाले समारोहलाई सम्बोधन गर्दै नेपालमा भएको राजनैतिक परिवर्तनपछि वैदेशिक लगानीकर्ताले नेपालमा गर्ने लगानीमा दुई गुणा तिन गुणा नै नाफा हुने वातावरण नयाँ बहुमतको सरकारले बनाई दिएको छ भन्दै नेपालमा लगानी गरेर नेपालको द्रुत तर विकासमा सहयोग गर्न अन्तर्राष्ट्रिय दातृ संस्थाहरूलाई अर्थमन्त्री आह्वान गरे ।

नर्थ अमेरिका महादेशकै जेठो संस्था अमेरिका नेपाल सोसाइटी १९६२ का पूर्व अध्यक्षहरू खेम भट्टचन, राजेन्द्र ओली, श्रीमती विजया शाह, राप्रपा केन्द्रीय सदस्य प्रेम कुमार श्रेष्ठ, प्रवासी नेपाली मञ्च अमेरिकाका अध्यक्ष प्रभु थापा, डा. कृष्ण ढकाल, डा. विपिन पाठक, डा. सुकदेब शाह, डा. गोपी उप्रेती लगायत अधिकांश विदेशीहरू सहभागी थिए । 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू