अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:५७ | Colorodo: 01:12

फिप्नाको आयोजनामा अन्तर्राष्ट्रिय नारीदिवशको अवसरमा प्यानल छलफल कार्यक्रम सम्पन्न

बिआरटीनेपाल २०८० चैत १५ गते १८:०३ मा प्रकाशित

न्यु योर्क । नेपाल आदिवासी जनजाति महासघं अमेरिका (फिप्ना)ले यहू मार्च २५ आइतबारको दिन अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा प्यानल छलफल कार्यक्रम सम्पन्न गरेको छ ।कार्यक्रममा पूर्व कृषि राज्यमन्त्री तथा बागमती प्रदेशका पूर्व उपसभामुख राधिका तामाङ अनेरास्ववियुका केन्द्रीय अध्यक्ष आरती लामा ,आदिवासी जनजाति महिला महासघंका संस्थापक अध्यक्ष सङ्गिनी राना मगर यसै गरी सोसियल सेक्युरिटी लाइसेन्स प्राप्त प्रशिक्षक डाजिमा शेर्पा प्रमुख वक्ताको रूपमा रहेका थिए ।संस्थाका अध्यक्ष तोरण गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सचांलक महासचिव दीपक चौधारी र सचिव शान्ति गुरुङले गर्नुभएको थियो भने सम्पूर्ण अतिथि एवं आमणंत्रित हरूलाई फिप्नाका वरिष्ठ उपअध्यक्ष तुल बहादुर तामाङले स्वागत मन्तव्य दिनुभएको थियो।कार्यक्रममा फिप्नाका सलहाकार सघिंयपरिषदका सभामुख भारती राई सदस्य संस्थाका अध्यक्षहरू नेपाल सरकारका पूर्व पर्यटन सद्भावना दुत केशव राम राई ,जन सम्पर्क समितिका महासचिव मुनीन्द्र नेम्वाङ नेपाली अमेरिकन कलाकार सघंका अध्यक्ष वशान्ती राई ,क्वीसं काठमान्डु लायन्स कलवका प्रतिनिधि ,एन,आर,ए न्यु योर्क च्याप्टर का महिला उपअध्यक्ष लक्ष्मी थापा एवं अन्य आमन्त्रित प्रतिष्ठित व्यक्तिहरूको उपस्थित रहेका थिए ।

प्यानल छलफलमा वक्ताको रूपमा रहनुभएका पूर्व राज्यमन्त्री राधिका तामाङले आफू नेत्रत्व पङ्तीमा रहदै गर्दा सिगों आधिवासी जनजातिको अधिकारको मुद्दालाई जोडदार सगं सदन उठाउने गरेका र सदै उठाइरहने प्रतिबद्धता समेत व्यक्त गर्नु भयोको थियो ।साथै उहॅाले आदिवासीको मुद्दालाई राजनीतिक हिसाबले हेरिनु हुन्न हामी सबै जुनसुकै पार्टी बाट आबद्ध भएपनी सबैले सबैतिरबाट एकजुट भएर लाग्नु पर्छ भन्ने अभिव्यक्ति दिनुभएका थिए ।त्यस्तै अर्का वक्ता अनेरास्नवियूका केन्द्रीय अध्यक्ष आरतू लामाले हामी आदिवासी जनताजीले शिक्षालाई प्राथमिकता दिनुपर्छ जबसम्म शिक्षा हामीले शिक्षामा स्तर उन्नति गर्न सकिँदैन तबसम्म हामीले हाम्रो लक्ष्यमा पुग्न सकिँदैन भन्ने अभिव्यक्ति दिनु भएका थिए ।

यसै गरी आदिवासी जनजाति महिला महासङ्घका संस्थापक अध्यक्ष सगिंनी राना मगरले आदिवासी जनजाति को मुद्दाहरू महिला र पुरुषको सयुत्तं प्रयासबाट मात्र सफल हुने भएकोले कुनै पनि मुद्दाहरूमा महिला पुरुषको सयुत्तं सहभागी हुनु जरुरी भएको धारणा व्यक्त गर्नु भयो ।

यसै गरी अर्का वक्ता डाजीमा शेर्पाले सोसियल सेक्युरिटी सम्बन्धी महत्त्वपूर्ण विषयमा अभिव्यक्ति दिनु भयो जस्तै महिला पुरुष ले कसरू कुन उमेरमा कुन कुन अवस्था महिला वा पुरुषले सोसियल सेक्युरिटी क्यलेम गर्न सकिन्छ भन्ने लगायतका कुराहरूमा प्रस्ट पार्नु भयो र सोसियल सेक्युरिटी सम्बन्धी कुनै पनि समस्या वा जिंग्यासा भए सहयोग गर्ने प्रतिबद्धता जाहेर गर्नु भयो ।

यसै गरी आदिवासी जनजाति महिला महासघंका अध्यक्ष ईनिदिरा चोङवाङले कार्यक्रममा छलफल भएका विषयवस्तु सारांशमा प्रस्तुत गर्दै आफ्ना मन्तव्य राखिन भएका थिए । जनजाति महासङ्घका सघिंय परिषद्का सभामुख भारती राईले आफ्ना मन्तव्यका साथै उपस्थित सम्पूर्णलाई धन्यवाद दिनुभएका थिए ।

अन्त्यमा जनजाति महासघंका अध्यक्ष तोरण गुरुङले कार्यक्रममा उपस्थित सम्पूर्ण लाई धन्यवाद दिनुको साथै कार्यक्रम समापन गर्नु भएका थिए ।

प्रतिक्रिया