अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:३३ | Colorodo: 16:48

खेलाडी एरिका लामालाई ७ हजार डलर पुरस्कार

बिआरटीनेपाल २०८० चैत २९ गते १८:४७ मा प्रकाशित

न्यू योर्क। मार्शल आर्ट्स खेलाडी एरिका गुरुङलाई क्वीन्सबोरो प्रेसिडेन्ट डोनोभन रिचर्डस जेआर र न्यू योर्क सिटी काउन्सिलको अनर अफ साइटेसनसहित सात हजार ११ अमेरिकी डलर पुरस्कार प्रदान गरिएको छ। च्याम्पियन मार्शल आर्ट्स क्लब युएसएको आयोजनामा आइबार एक कार्यक्रम गरी खेलाडी लामालाई सम्मानपत्र सहित नगद पुरस्कार प्रदान गरिएको हो।

गुरुङ हालै टेक्सासमा भएको युएस ओपन च्याम्पियनसिप २०२४ मा जुनियरमा (२१ वर्ष मुनि) गोल्ड मेडल र एलिटमा सिल्भर मेडल विजेता हुन्। उनले १९औँ साउथ एसियन गेम्स (साग) की सिल्भर मेडलिस्ट हुन्। पुरस्कार तथा सम्मान कार्यक्रम च्याम्पियन मार्शल आर्ट्स क्लबको क्वीन्सस्थित उडसाइडमा आयोजना गरिएको थियो। कार्यक्रम सुनिल लामाको सभापतित्वमा भएको थियो। उनी ११ औँ साथ र १३ औँ एपिएसकेफ प्रतियोगिताका स्वर्ण पदक विजेता हुन्। प्रमुख अतिथि १३ औ एसियन गेम्सको ब्रन्च मेडलिस्ट सम्वर बहादुर गोले र विशेष अतिथि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी सङ्घको अध्यक्ष दीपक श्रेष्ठ थिए। श्रेष्ठ आठौँ र नवौँ साग गेम्सको स्वर्ण पदक विजेता हुन्। कार्यक्रममा १३ औँ सागको गोल्ड मेडलिस्ट अनु अधिकारी र विप्लव श्रेष्ठ पनि थिए। टेक्सासमा भएको युएस ओपन च्याम्पियनसिप २०२४ मा अधिकारी र श्रेष्ठले पनि १८ देखि ३४ उमेर समूहमा एडडभान्स क्याटेगोरिमा गोल्ड मेडल प्राप्त गरेकी थिइन्।

खेलाडी गुरुङलाई नगद पुरस्कार उपलब्ध गराउन तमु परिवारले दुई हजार ७ सय ५६ डलर, मामा भान्जा ग्रुपले एक हजार १० डलर, तमु सोसाइटीले नौ सय ५३ डलर, सुदूर पश्चिम समाजले पाँच सय ५० डलर, रेड पान्डा रेस्टुरेन्टले दुई सय डलर, र ईन्टरनेशनल मार्शल आर्टश एसोसिएसन न्यु योर्क ले एक सय ९० डलर उपलब्ध गराएको थियो । बाँकी रकम च्याम्पियन मार्शल आर्टश, खेलाडी, समाजसेवी तथा अन्य सहयोगीहरूले उपलब्ध गराएका थिए। कार्यक्रममा विभिन्न सङ्घ संस्थाको प्रतिनिधि, पत्रकार, समाजसेवी, खेल प्रेमी र अभिभावकहरूको उपस्थिति थियो।

यसै गरी, क्लबले नेपाली समुदायका लागि हरेक आइतबार निःशुल्क ताइची र छि गुंग कक्षा सञ्चालन गर्ने घोषणा गरेको छ। ताइची र छि गुंग करातेका भेटेरान खेलाडी तथा प्रशिक्षक सिद्धार्थ लामाले सञ्चालन गर्ने छन्। उनले ब्याटल अफ ड्रागन २०२४ मार्शल आर्ट्स च्याम्पियनसिप न्यू जर्सीको एटलान्टिक सिटीमा जनवरी २६ देखि २८ सम्म सम्पन्न भएको प्रतियोगितामा कुुङ फु ताई चीमा स्वर्ण पदक र कुुङ फु वेपनमा कांस्य पदक जितेका थिए। कुङ फु खेलाडी लामाले यसअघि अन्तर्राष्ट्रिय स्तरमा जर्मन ओपन इन्टरनेशनल च्याम्यिनशीप २०२३ मा दुई विधामा स्वर्ण पदक जितेका थिए। त्यसैसरि उनले फर्म चाइनिज वेपन च्याम्पियनसिप एमभी अल बेल्टस्मा स्वर्ण जितेका थिए। राष्ट्रिय तहको खेलमा थुप्रै स्वर्णपदक जितेका लामाले फर्म सफ्ट स्टाइल एमभी ब्याक बेल्टमा पनि स्वर्ण पदक प्राप्त गरेका छन्।

प्रतिक्रिया