अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:१७ | Colorodo: 01:32

बाल्टिमोरमा हुने म्याग्दी वनभोजमा नौमती पञ्चे बाजा

खेम भट्टचन, वासिङ्टन डिसी २०७५ भदौ ७ गते १८:५५ मा प्रकाशित

अमेरिकाको भर्जिनिया, बाल्टिमोरमा हुने गर्ने नेपाली वनभोजहरू मध्ये सबैभन्दा ठुलो म्याग्दी वनभोजमा एक हजार ? भन्दा बढ्ता नेपालीहरू नेपाली देखी ल्याइएको नौमती ” पञ्चे बाजा ” मा नाच्दै रमाइलो गर्ने भएका छन्।

यही आउने आइतबार अगस्ट २६ तारिखका दिन सामुन्द्रिक तट मा रहेको बाल्टिमोरको गण पाउडर स्टेट पार्कमा हुन गइरहेको म्याग्दी वनभोजमा भर्जिनिया, बाल्टिमोर, न्यु जर्सी, न्युयोर्कमा रहेका नेपालका राष्ट्रिय स्तरका दोहोरी कलाकारहरूको साथमा ” पञ्चे बाजा ” मा नाच्ने कार्यक्रम रहेको कुरा आयोजक संस्थाका अध्यक्ष अमर छन्त्यालले BRTनेपाललाई जानकारी गराए।

२२ राष्ट्रमा रहेका म्याग्दीवासीहरूको अन्तर्राष्ट्रिय सञ्जाल MONA को अमेरिका च्याप्टर “म्याग्दी समाज युएसए” को वनभोज नै बाल्टिमोरको सबैभन्दा ठुलो वनभोज हुने गरेको कुरा नेपाल सरकारका महाबाणिज्यदुत प्रेम राजा महतले बिआरटीनेपाललाई बताए ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू