अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:५२ | Colorodo: 11:07

न्युयोर्कमा खेलकुद प्रतियोगिता शेर्पा किन्दुक खेल हुँदै

खेम भट्टचन, वासिङ्टन डिसी २०७५ भदौ ८ गते ८:१२ मा प्रकाशित

वासिङ्टन डिसी – अमेरिकाका नेपाली समुदायको सबैभन्दा ठुलो खेलकुद प्रतियोगिता शेर्पा किन्दुक खेलकुद आगामी सेप्टेम्बर १ र २ तारिखमा न्युयोर्कमा हुने भएको छ।

पुरुष तथा महिलाको भलिबल र सकर फुटबल खेलमा विभिन्न प्रतियोगिताहरू हुने यस खेल प्रतियोगितामा विजेताहरूलाई २० हजार डलर जतिको विभिन्न शिल्ड, ट्रफी र नगद पुरुश्कारहरु वितरण गरिन्छ । करिब ३०० जना जति त खेलाडीहरू मात्रै हुने र करिब पाँच हजार नेपाली दर्शक हुने भएकोले नर्थ अमेरिकामा आयोजना हुने नेपाली खेल प्रतियोगिताहरूमा यो शेर्पा किन्दुक खेलकुद प्रतियोगिता नै सबैभन्दा ठुलो खेल प्रतियोगिता हो।

विगत २२ वर्ष देखी निरन्तर रूपमा हरेक वर्ष युनाईटेड शेर्पा एसोसिएसन शेर्पा किन्दुकले यो खेल प्रतियोगिता आयोजना गर्ने गरिएको कुरा शेर्पा किन्दुकका अध्यक्ष उर्गेन शेर्पाले बिआरटी नेपाललाई बताए ।

विश्वकपै एक नम्बर महँगो सहर न्युयोर्कको ज्याक्सन हाईटमा संस्थाको आफ्नै विशाल भवन छ । अमेरिकामा १२ बाह्र हजार शेर्पा छन् र न्युयोर्कमा मात्रै १० हजार शेर्पा छन् ।

शेर्पा किन्दुक खेलकुद सम्बन्धी बुझ्नु परेमा फोन नम्बर ७१८८०८३६७७ मा अध्यक्ष उर्गेन शेर्पा लाई सम्पर्क गर्न सकिनेछ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू