अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:२६ | Colorodo: 21:41

पत्रकार तथा साहित्यकार राधेश्याम लेकालीलाई अमेरिकामा स्वागत

खेम भट्टचन, वासिङ्टन डिसी २०७५ जेठ ८ गते १०:५३ मा प्रकाशित

अमेरिका भ्रमणमा रहेका नेपालका पत्रकार तथा साहित्यकार राधेश्याम लेकालीलाई अमेरिकामा स्वागत गरियो । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज वासिङ्टन डिसी मेट्रो कमिटीको आयोजनामा यही में २१ तारिखका दिन भर्जिनियामा एक औपचारिक कार्यक्रम आयोजना गरेर लेकालीलाई स्वागत गरियो । संस्थाका संस्थापक अध्यक्ष होमनाथ सुबेदी, केन्द्रीय कार्यसमितिका उपाध्यक्ष प्रकाश नेपाल र आयोजक डिसी मेट्रो कमिटीका अध्यक्ष रामप्रसाद खनालले खादा, फुलको माला र प्रशंसापत्रले लेकालीलाई स्वागत तथा सम्मान गरे ।

अमेरिकाका सबै पत्रकारहरूको तर्फबाट लेकालीलाई स्वागत गर्दै पत्रकार गुणराज लइटेलले नेपाली भाषा र साहित्यलाई अन्तराष्ट्रियकरण गर्ने अभियानमा सहयोग गर्न लेकालीलाई आग्रह गरे । अनेसासको वर्तमान केन्द्रीय कार्यसमतीको एसिया क्षेत्र-उपाध्यक्ष लेकालीलाई उत्तर अमेरकाका अर्का उपाध्यक्ष प्रकाश नेपालले आफ्नो मन्तव्यमा भने- हाम्रो केन्द्रीय कार्यसमितिमा सबैभन्दा सक्रिय लेकाली हुनु भएकोले, अनेसासको आगामी अध्यक्ष पदमा राधेश्याम लेकाली नै हुनुपर्ने आवश्यकता भएको कुरा बताए ।

उक्त कुराको प्रत्युत्तरमा लेकालीले आफ्नो मन्तव्यमा आगामी अध्यक्षमा आफूले उम्मेदवारी दिने कुरा घुमाई फिराई उल्लेख गरे । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका केन्द्रीय उपाध्यक्ष राधेश्याम लेकाली मे २५ मा न्युयोर्कबाट नेपाल फर्कंदैछन् ।

प्रतिक्रिया