अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:४२ | Colorodo: 03:57

गायिका मेलिना राईलाई आँखा लगाउदै गायक विरेन्द्र श्रेष्ठ

कृष्ण भट्टराई, काठमाडौँ २०७५ वैशाख २ गते ९:४० मा प्रकाशित

गीतकार अम्बिका गुरुङले आफ्ना श्रोता तथा दर्शकहरूलाई नयाँ वर्ष २०७५ को पहिलो दिन नै एउटा साङ्गीतिक कोसेली दिएकी छिन् । गीतकार गुरुङले नेपाली नयाँ वर्षको पहिलो दिनमै अमेरिकाबाट आफूलाई माया गर्ने श्रोता दर्शकलाई उपहार दिएकी हुन् । 

लोकप्रिय गायिका मेलिना राई तथा गायक विरेन्द्र श्रेष्ठको स्वरले सजिएको ‘आँखा लाऊछन्….’ शीर्षकको गीतको म्युजिक भिडियोमार्फत गीतकार गुरुङ दर्शक तथा श्रोतामाझ आएकी हुन् । उक्त गीतको म्युजिक भिडियो भावसागर इन्टरटेन्मेन्टको युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।

धुलिखेलका आकर्षक लोकेसनमा छायाङ्कन गरिएको उक्त गीतको भिडियोमा बाल कलाकार आयुश र अन्सुका साथमा अभिनेत्री सुप्रिया श्रेष्ठ र मोडल निपुण श्रेष्ठले अभिनय गरेका छन् । भिडियोमा राजिव समरको कोरियोग्राफी छ । सञ्चारकर्मी सञ्जय बरालले उक्त भिडियोलाई निर्देशन गरेका हुन् ।

अमेरिकामा बस्दै आएकी कवयित्रित्री तथा गीतकार गुरुङले नयाँ वर्ष २०७५ को उपलक्ष्यामा सम्पूर्ण देश विदेशमा रहनु भएका नेपाली दाजुभाइ दिदी बहिनीहरूमा शुभकामना स्वरूप यो भिडियो दर्शक श्रोता माझ सम्पिनु भएको हो । ।

गायक विरेन्द्र श्रेष्ठले पनि नयाँ वर्षको अवसरमा शुभकामना सहित नयाँ भिडियो ल्याएको भन्दै दर्शक श्रोतालाई नेपाली गीत सङ्गीतलाई माया गरिदिन आग्रह गरेका छन् ।

शङ्कर थापाद्वारा संगीतबद्ध उक्त गीतलाई उदयराज पौडेलले सङ्गीत संयोजन गरेका छन् । साउण्ड मिल स्टुडियोमा रेकर्ड गरिएको उक्त गीतको भिडियोलाई विकास धमलाले सम्पादन गरेका हुन् । बुद्ध थापाले उक्त भिडियो छायाङ्कन गरेका हुन् ।

यस्तो छ भिडियो