अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:२८ | Colorodo: 05:43

र्याम्पमा प्रशान्त ताम्राकारदेखि एलिजा धमलासम्म

कृष्ण भट्टराई, काठमाडौँ २०७५ जेठ २० गते ९:२१ मा प्रकाशित

द क्रिएसन इन्स्टिच्यूट अफ फेसन डिजाइनले जेठ २५ गते शुक्रवारका दिन अन्नपूर्ण होटेलमा ‘फेसन नोभा २०१८: सिजन ७’ आयोजना गर्ने भएको छ । द क्रिएसनले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख गरिए अनुसार उक्त फेसन शोका लागि अडिसनमार्फत छनोट भएका मोडलहरूलाई कोरियोग्राफर प्रशान्त ताम्राकार तथा कलाकार रक्षा श्रेष्ठले मोटिभेसनल तथा ग्रूमिङ क्लास लिइरहेका छन् । 

फेसन डिजाइन क्षेत्रलाई प्रवर्द्धन तथा व्यावसायिक रुप्मा विकास गर्नका लागि द क्रिएसनले यो फेसन सो आयोजना गर्न लागेको संस्थाकी अध्यक्ष मनिता थापाले बताएकी छिन् । फेसन सो मार्फत डिजाइनरहरुको खुबीलाई प्रस्फुटन गरिने फेसन सोकी संयोजक जेनिफर बज्रँचार्यको भनाइ छ ।

फेसन शाका लागि डिजाइनरहरु निशा सिंह, मेनुका भट्टराई, जिबा श्रेष्ठ, संगीता पण्डित, ज्योति अग्रवाल, बिना थापा, शर्मिला न्यौपाने, जमुना नेपाली, निर्माता स्याङतान तथा सजिना विष्टले आकर्षक पहिरनहरू तयार पारिरहेका छन् । 

डिजाइनरहरुले फेसन शोका लागि विभिन्न सात वटा थिममा विशेष डिजाइन तयार पारिरहेका छन््, जसमा ब्ल्याक टु ब्ल्याक, बार्बी गोज टु बजार, लभ्ली लेयर्स, समर अफ लभ, आर्टिष्टिक, ब्राइडल तथा कक्टेल वेयरका विशेष डिजाइन हुने छन् ।

सात जना सेलिब्रेटीहरु कलाकार रेणुका सिंह ठकुरी, अभिनेत्री तथा मोडल ज्योत्सना योगी, अभिनेता पृथ्वीराज प्रसाईं, अन्तर्राष्ट्रिय मोडल दीपक घिमिरे, अभिनेत्री एलिजा धमला, अभिनेत्री रक्षा श्रेष्ठ, मोडल निलम चन्द तथा अभिनेताकोरियोग्राफर प्रशान्त ताम्राकारले ती सात वटा थिममा सिक्वेन्स स्टपर्सको रूपमा क्याटवाक गर्ने छन् । फेसन सोमा पहिलो मिस नेपाल रुवी राणा शाह सो–स्टपर्सको रूपमा प्रस्तुत हुने छिन् । 

फेसन सोलाई मोडल तथा कोरियोग्रँफर बिपना थापाले कोरियोग्राफी गरिरहेकी छिन् भने मेकअप आर्टिष्टको रूपमा निलम पौडेल रहने छिन् ।राइज म्युजिकका विनोद सिंहले फेशन सोलाई व्यवस्थापन गर्ने जिम्मा लिएका छन् ।

सम्बन्धित सामग्रीहरू