अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:०६ | Colorodo: 00:21

नारायणको ‘चमेलीमा’ रोमान्स गर्दै केकी र दिलीप

कृष्ण भट्टराई, काठमाडौँ २०७५ साउन १० गते ०:३१ मा प्रकाशित

अभिनेता दिलीप रायमाझी तथा अभिनेत्री केकी अधिकारीले हालसम्म एउटा पनि चलचित्रमा अनस्क्रिन रोमान्स गरेका छैनन् । धेरै वटा सार्वजनिक समारोहमा सँग–सँगै कम्मर मर्काएको यो जोडीले पहिलो पटक एउटा आधुनिक गीतको म्युजिक भिडियोमा अनस्क्रिन रोमान्स गर्ने अवसर पाएको छ ।

केकी र दिलीपलाई यस्तो अवसर जुराइदिएका हुन् गीतकार नारायण भारतीले । अमेरिकामा बसोबास गरिरहेका गीतकार भारतीले रचना गरेको ‘चमेली‘’ शीर्षकको गीतको म्युजिक भिडियोमा केकी र दिलीपको जोडीलाई आकर्षक देखाउने काम गरेका छन् निर्देशक विशाल भण्डारीले । गायक नरेश गौतमले यो कर्ण्प्रिय गीत गाएका हुन् । उक्त गीतलाई एनके ब्रदर्सले संगीतबद्ध गरेका हुन् । उदय राज पौडेलले गीतमा सङ्गीत संयोजन गरेका छन् ।

चमेलीको म्युजिक भिडियो युट्युबमा अपलोड भएको दुई दिनमै दुई लाख भन्दा बढी पटक हेरिसकिएको छ ।

छायांकार अर्जुन तिवारी तथा उनको टिमले म्युजिक भिडियोका लागि रमणीय लोकेशनहरु कैद गरेका छन् । निशान घिमिरेले भिडियो सम्पादनमा उत्तिकै मेहनत गरेका छन् । भिडियोलाई गीतकार नारायण भारती तथा इसा शर्मा भारतीले निर्माण गरेका हुन् । हाइलाइट्स नेपालको युट्युब च्यानलबाट उक्त भिडियो अपलोड गरिएको हो ।