अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:५७ | Colorodo: 23:12

प्रसान्त तमाङको साथमा कन्सर्ट र डिजे पार्टीमा रमायो नाम्चेबजार

कृष्ण भट्टराई, काठमाडौँ २०७५ जेठ २१ गते ९:०५ मा प्रकाशित

एभरेष्ट डेको अवसर पारेर सोलुखुम्बुको नाम्चेबजारमा ‘एभरेष्ट डे–२०१८’ शीर्षकको साङ्गीतिक कार्यक्रम प्रस्तुत गरिएको छ । पार्टी एभरेष्ट इन्टरनेशनल इन्टरटेन्मेन्टको व्यवस्थापनमा नाम्चे युथ ग्रुपले नाम्चेबजारस्थित हिमालय आधारभूत विद्यालयको प्राङ्गणमा लोकप्रिय कलाकारहरूको साथमा लाईभ कन्सर्ट तथा डान्स पार्टी सञ्चालन गएको हो । कार्यक्रममा सहभागी कलाकारहरू यसै साता काठमाडौँ फर्किएको पार्टी एभरेष्टका पासाङ छिरिङ शेर्पाले जनाएका छन् । शेर्पाका अनुसार ‘एभरेष्ट डे–२०१८’ शीर्षक राखेर विश्वकै सबैभन्दा अग्लो स्थानमा कन्सर्ट तथा डान्स पार्टी आयोजना गरिएको हो । 

‘सगरमाथाको फेदी अनुपम छ ठाउँ“, आन्तरिक पर्यटनका लागि नाम्चे घुम्न जाऊ“’ भन्ने नारा राखेर आयोजना भएको साङ्गीतिक कार्यक्रममा नेपाली मूलका ईन्डियन आइडल प्रशान्त तामाङसहित नेपाली गायकहरू बद्री पंगेनी, अभिनाष घिसिङ तथा लोक गायिका प्रिया भण्डारी आकर्षणको केन्द्र बने । कार्यक्रममा सहभागी हुन मुम्बईबाट काठमाडौँ हु“दै एयर डाइनेष्टिको हेलिकोप्टरबाट लुक्लाहु“दै नाम्चे बजार पुगेका गायक प्रशान्त तामाङले कार्यक्रममा ‘असारै महिनामा‘’ सहितका लोकप्रिय गीत–सङ्गीत प्रस्तुत गरे । 

लोक गायक बद्री पंगेनीले भने आफ्नो गायनमार्फत उपस्थित झन्डै ३५ सय दर्शकहरूलाई छमछमि नचाए । गायक अभिनाष घिसिङ तथा गायिका प्रिया भण्डारीले पनि दर्शकहरूलाई उत्तिकै मनोरञ्जन दिए । साङ्गीतिक कार्यक्रम लगत्तै डिजेइङको क्षेत्रमा स्थापित भैसकेका नेपालको पहिलो व्यावसायिक डिजे डिजे तेन्जिङले कार्यक्रम परिसरलाई डान्स फ्लोरको रूपमा रूपान्तर गरिदिए । उनले बजाएका फास्ट बिटका लोकप्रिय गीतको तालमा डान्स गर्नेहरुमा स्वदेशीसहित विदेशीहरू पनि थिए । 

सगरमाथाको आरोहण गरेर फर्किएका विदेशी पाहुनाहरूले समेत साङ्गीतिक कार्यक्रमबाट मनोरञ्जन लिएको डिजे तेन्जिङले बताए । उद्घोषिका जेनी शेर्पाद्वारा सञ्चालित सा“झ ६ बजेपछि प्रारम्भ भएको ‘पार्टी एट टप अफ द वल्र्ड’ उपशीर्षक राखिएको उक्त कन्सर्ट तथा डिजे पार्टी बिहान ५ बजेसम्म सञ्चालन भएको थियो ।