अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:३५ | Colorodo: 04:50

रिजुले जितिन् मिस नेवाः ११३८ को उपाधि

कृष्ण भट्टराई, काठमाडौँ २०७५ जेठ १३ गते ९:५५ मा प्रकाशित

आफ्ना १६ जना प्रतिस्पर्धीहरूलाई पछि पार्दै काठमाडौँकी रिजु मानन्धरले १३ औँ संस्करणको मिस नेवाः ११३८ को उपाधि जितेकी छन् । नेप्लिज फेसन होमले आयोजना गरेको नेवार समुदायका युवतीहरूको सांस्कृतिक प्रतिभा प्रदर्शन गर्ने प्रतियोगिताको निर्णायक चरणमा सोधिएको ‘नेपालमा विपत् व्यवस्थापन कसरी गर्न सकिन्छ ?’ भन्ने प्रश्नको सटिक जवाफ दिएर रिजुले उपाधिमाथि कब्जा जमाएकी हुन् । प्रश्नको जवाफ दिने क्रममा रिजुले ‘विपत् व्यवस्थापनका लागि हरेक व्यक्तिमा जागरुकता अर्थात् सचेतना हुनु पर्छ’ भन्ने आशयको जवाफ दिएकी थिइन् । 

सुन्धारास्थित आर्मी अफिसर्स क्लबमा सम्पन्न मिस नेवाः को ग्राण्ड फिनालेमा उपाधि जितेसँगै रिजुले चम्किलो ताज, २० हजार रुपैयाँ“ नगदका साथमा विभिन्न उपहारहरू प्राप्त गरिन् । रिजुले पब्लिक च्वाइस एवार्ड समेत जितिन् ।

प्रतियोगितामा डा.सरिसा श्रेष्ठले फस्र्ट रनर्स अपको उपाधि जितिन् । भरखरै एमबिबिएसको अध्ययन पुरा गरेकी डा.सरिसाले उपाधिसँगै नगद १५ हजार रुपैयाँ“का साथमा विभिन्न उपहारहरू प्राप्त गरिन् । जातीयता सम्बन्धी यो पहिलो नेपाली सांस्कृतिक सौन्दर्य प्रतियोगितामा मतिना मानन्धरले सेकेन्ड रनर्स अपको उपाधि जित्न सफल भइन् । मतिनाले उपाधिसँगै नगद १० हजार रुपैयाँ पनि पाइन् । मतिनाले मिस पर्सनालिटीको उपाधि समेत जितिन् । परिचयात्मक चरणबाट प्रारम्भ भएको उक्त प्रतियोगितामा सृष्टि शाक्यले पा“च हजार रुपैयाँ“ राशिको मिस ट्यालेन्टको उपाधि जितिन् । 

बेस्ट डे«सको उपाधिका लागि प्रतिस्पर्धीहरूले आकर्षक पहिरनसहित क्याटवाक प्रस्तुत गरेका थिए । उक्त सिक्वेन्समा सबैभन्दा आकर्षक पहिरन लगाउने अञ्जु श्रेष्ठले बेस्ट ड्रेसको उपाधि जितिन् । यसबाहेक अञ्जुले बेस्ट हेयरको उपाधि पनि जितिन् । अन्य उपाधितर्फ सरिना महर्जनले उत्कृष्ट नेपाल भाषा, सन्ध्या श्रेष्ठले बेस्ट स्किन, मिलु श्रेष्ठले मिस डिसिप्लिनको उपाधि हासिल गरे । अन्य उपाधितर्फ बिना महर्जनले बेस्ट स्माइल, प्रदीका श्रेष्ठले मिस फ्रेण्डशिप, उस्मी श्रेष्ठले मिस फोटोजेनिक तथा राधा श्रेष्ठले बेस्टवाकको उपाधि जितिन् ।

यसबाहेक पस्मिना शाक्यले सोसल वेलफेयर एम्बेसडर चिफको उपाधि जितिन् भने सरिसा श्रेष्ठ तथा प्रज्ञा श्रेष्ठलृ सोसल वेलफेयर एम्बेसडरतर्फको फस्ट रनर्स अप तथा सेकेन्ड रनर्स अपको उपाधि जित्न सफल भए । नेवार समुदायको युवतीहरूलाई नेवारी संस्कृति बारे जागरुक गराऊ“दै उनीहरूको प्रतिभा प्रस्तुतिका लागि १३ वर्ष देखि यो प्रतियोगिता गर्दै आएको नेप्लिज फेशन होमकी अध्यक्ष हेमा मानन्धरले बताइन् । 

प्रतियोगिताको निर्णायकमा प्राईम बैङ्कका उपप्रमुख भाइराजा तुलाधर, व्यवसायी प्रदीपमान प्रधान, बुटिक एसोसिएसनका संस्थापक अध्यक्ष उज्ज्वलकृष्ण श्रेष्ठ, निर्मल श्रेष्ठ, नेपाल टेलिकमकी उपनिर्देशक रिना डंगोल, पूर्व मिस नेवा योगिता महर्जन लगायत थिए । कार्यक्रमको कोरियोग्राफी रोजिन शाक्यले गरेका हुन् ।

सम्बन्धित सामग्रीहरू