अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:३० | Colorodo: 18:45

ट्यालेन्ट सोमा किड्स क्यापिटलका प्रतिस्पर्धी

कृष्ण भट्टराई, काठमाडौँ २०७५ वैशाख ९ गते ११:४८ मा प्रकाशित

टिएस फिल्म्सले बालबालिकाहरूको सौन्दर्य प्रतियोगिता ‘किड्स क्यापिटल–२०१८’ आयोजना गरिरहेको छ । प्रतियोगिताका लागि छनोट भएका बालबालिकाहरूले काठमाडौँमा आयोजित एक समारोहमा आ–आफ्नो प्रतिभा प्रस्तुत गरेका छन् । ट्यालेन्ट सोको क्रममा उनीहरूले अभिनय, नृत्य, गायन, कविता वाचन, वतृत्व कला, खेल कौशल प्रदर्शनसहित आफ्नो प्रतिभा प्रदर्शन गरेका हुन् ।

ट्यालेन्ट सोमा प्रस्तुत गरिएका प्रतिभालाई कोरियोग्रँफर गम्भीर विष्ट, गायिका मिलन अमात्य, हास्य अभिनेता गोपाल ढकाल छन्दे, अभिनेताद्वय विनोद न्यँैपाने र सञ्जित भण्डारी, ब्युटिसियन रुसुका वैद्यले मूल्याङ्कन गरेका थिए । 

ट्यालेन्ट सोमा सहभागी भएका प्रतिस्पर्धी बालबालिकाहरू असहाय बालबालिकाहरूसँगको अन्तरक्रियामा पनि सहभागी भए । नयाँ“ नेपाल समाजमा आश्रित असहाय बालबालिकाहरूसँग अन्तरक्रिया गर्ने क्रममा किङकम स्र्पोट्स क्लबका अध्यक्ष राजेश खड्गीले समाजका अध्यक्ष कृष्ण गुरुङलाई खेलकुद सामग्री हस्तान्तरण गरेका थिए । त्यसक्रममा प्रतिस्पर्धी बालबालिकाहरूले समेत असहाय बालबालिकाहरूलाई विभिन्न उपहारहरू प्रदान गरेका थिए ।

बालबालिकाहरूको आत्मविश्वास बढाऊ“दै उनीहरूलाई अभिनय, नृत्य, मोडलिङसहित व्यक्तित्व विकास हुने कार्यमा सहभागी गराउने उदेश्यले आयोजना भइरहेको उक्त प्रतियोगितामा ४५ जना बालबालिकाहरूले भाग लिएको प्रतियोगिताका इभेन्ट मेनेजर जोर्डन राजभण्डारीले बताएका छन् । 

चैतको तेस्रो साता सम्पन्न अडिसनबाट छनोट भएका बालबालिकाहरू पछिल्लो दुई सातादेखि प्रशिक्षणमा व्यस्त भइरहेको आयोजक संस्थाकी प्रबन्ध निर्देश्ँक विजया शाहले बताएकी छिन् । प्रतियोगिताका प्रतिस्पर्धीहरूलाई चलचित्र अभिनेता समेत रहेका कोरियोग्रँफर एसराज गराजले प्रशिक्षण दिइरहेका छन् ।

प्रतियोगिताको ग्राण्ड फिनाले वैश्ाँख १५ गते शनिवार जमलस्थित राष्ट्रिय नाचघरमा आयोजना हुनेछ ।