अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:५३ | Colorodo: 21:08

तिमी जाने…भन्दै गाए गायक हिमाल श्रेष्ठ

कृष्ण भट्टराई, काठमाडौँ २०७५ भदौ ७ गते ८:४७ मा प्रकाशित

गायक हिमाल श्रेष्ठ आफ्नो नयाँ“ गीत ‘तिमी जाने…’ को म्युजिक भिडियोमार्फत दर्शकमाझ आएका छन् । केही समय अघि सार्वजनिक भएको उक्त गीतको म्युजिक भिडियोले दर्शकको मन जितिरहेको छ । उक्त युगल गीतमा गायक श्रेष्ठलाई गायिका शशि रावलले गायनमा साथ दिएकी छिन् ।

पछिल्लो समय गायनका साथै मोडलिङमा समेत सक्रिय हुँदै आएका गायक श्रेष्ठले तिमी जाने गीतको म्युजिक भिडियोमा समेत आफैँले अभिनय गरेका छन् । अभिनयमा उनलाई मोडल सुसिमता केसीले साथ दिएकी छिन् भिडियोमा हिमाल र अस्मिताको जोडी आकर्षक देखिएको छ ।

सुरेश राईको शब्द तथा सङ्गीतको उक्त गीतमा र्यापर बिन श्रेष्ठको सङ्गीत संयोजन छ । चलचित्र निर्देशक प्रसन्न पौडेलले उक्त भिडियो निर्देशन गरेका हुन् । भिडियोमा पोखरा तथा वरपरका आकर्षक लोकेशनहरु कैद गरिएका छन् । विदुर पाण्डेद्वारा छायाङ्कन गरिएको उक्त भिडियोलाई टेकेन्द्र शाहले सम्पादन गरेका हुन् ।