अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:०६ | Colorodo: 06:21

क्रिएसनका पहिरनहरूको फेसन सो

कृष्ण भट्टराई, काठमाडौँ २०७५ जेठ २७ गते १०:०७ मा प्रकाशित

द क्रिएसन इन्स्टिच्यूट अफ फेसन डिजाइनले अन्नपूर्ण होटेलमा ‘फेसन नोभा २०१८: सिजन–७’ शीर्षकको फेसन सो आयोजना गरेको छ । फेसन डिजाइन क्षेत्रलाई प्रवर्द्धन तथा व्यावसायिक रूपमा विकास गर्नका लागि द क्रिएसनले यो फेसन सो आयोजना गरेको संस्थाकी अध्यक्ष मनिता थापाले बताएकी छिन् । 

फेसन सोमा डिजाइनरहरु निशा सिंह, मेनुका भट्टराई, जिबा श्रेष्ठ, संगीता पण्डित, ज्योति अग्रवाल, बिना थापा, शर्मिला न्यौपाने, जमुना नेपाली, निर्माता स्याङतान तथा सजिना विष्टले तयार पारेका पहिरनहरू प्रदर्शन गरियो । 

डिजाइनरहरुले फेसन शोका लागि विभिन्न सात वटा थिममा विशेष डिजाइन तयार पारेका थिए । जस अन्तर्गत ब्ल्याक टु ब्ल्याक, बार्बी गोज टु बजार, लभ्ली लेयर्स, समर अफ लभ, आर्टिष्टिक, ब्राइडल तथा कक्टेल वेयर सिक्वेन्समा विभिन्न पहिरनहरू प्रदर्शन गरिएका हुन् । ती पहिरनहरू सातै वटा सिक्वेन्समार्फत प्रदर्शन गरिएको हो । 

फेसन सोमा मोडल तथा अभिनेत्री रेणुका सिंह ठकुरी, अभिनेता पृथ्वीराज प्रसाईं, अन्तर्राष्ट्रिय मोडल दीपक घिमिरे, अभिनेत्री रक्षा श्रेष्ठ, मोडल निलम चन्द तथा बाल कलाकार कुशाग्र भट्टराईले ती सात वटा थिममा सिक्वेन्स स्टपर्सको रूपमा क्याटवाक गरेका थिए । उनीहरूलाई डेढ दर्जन व्यावसायिक मोडलहरूले क्याटवाकमा साथ दिएका थिए । फेसन सोमा पहिलो मिस नेपाल रुवा राणा शाह सो–स्टपर्सको रूपमा प्रस्तुत भएकी थिइन् । जेनिफर बज्रँचार्यद्वारा संयोजन गरिएको उक्त फेसन सोलाई मोडल तथा कोरियोग्राफर बिपना थापाले कोरियोग्राफी गरेकी हुन् । 

फेसन सोको क्रममा हास्य अभिनेता तथा जादुगर महादेव त्रिपाठी, गायिका श्रृजना गुरुङ, गायक ध्रुव विश्कोले गीत–सङ्गीत प्रस्तुत गरेका थिए भने कलाकार अभिषेक श्रेष्ठले आकर्षक नृत्य प्रस्तुत गरेका थिए । 

सम्बन्धित सामग्रीहरू