अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:१८ | Colorodo: 09:33

गजल

लीलाराज दाहाल २०७४ चैत १८ गते १०:४० मा प्रकाशित

शिखरहरू धस्सिएर खाडल मात्रै रहनेछन् !
संसारभरि खरी झर्‍या मादल मात्रै रहनेछन् !!

कसरी पो लडौला युद्ध अर्धचेतन जङ्गलमा !
यस्तो वेला तिम्रा गजल गजल मात्रै रहनेछन् !!

लैजान्छ खुसुक्क अर्कैले भए भरका नदीनाला !
हेर्दाहेर्दै जताततै यी ढल मात्रै रहनेछन् !!

खुसीको तलाउ सुक्नेछ देखिनेछ ठुलो ’लीला’ !
बादशाहको वरिपरि पागल मात्रै रहनेछन् !!

प्रतिक्रिया