असार १७ को मध्यरातमा तिम्रो उपस्थिती – सुषमा देवकोटा

सुषमा देवकोटा

कहिले काहीँ मध्यरातमा 
एउटा बिचित्रको चाह हुन्छ
तिमी उहि पुरानो मुस्कान बोकेर
मेरो ढोका ढक्ढकाउँछौ
मेरा लोलाएका आँखाले स्वागत गर्छन
तिम्रो अचानकको उपस्थितीलाई
प्रेमका अनेक आलाप मिश्रीत पुरानै लयहरुमा ‘!
तिम्रा मौन हेराईमा पनि त
उहि पहिलो भेट सल्वलाएको हुनेछ

 

उसैगरी भन्नेछौ तिमी 
‘म तिमीबिना निदाउन नसक्ने 
एउटा अनिदो रात भएको छु प्रिया’
संधै झैं यो पटक पनि 
मेरा सर्वाङ्ग तरगंगित हुनेछन् 
तिम्रा मायाका अथाहा कम्पनहरुले

 

ठिक त्यहि समय पर्नेछ असारको
तेस्रो हप्ताको तेस्र्रै दिन पर्ने 
रिमझिम झरी
ताराहरुको प्रेम पोखिएर । र
तिमी मेरा आँखा हेरेर भन्ने छौं
‘मलाई यो रात तिम्रो हात समाएर
पुरा शहर डुल्नु छ’
त्यो बेला मलाई याद आउने छ
कहिल्यै नलेखिएको एउटा स्वप्नील प्रेम कहानी
जुन पुराना सुरुवाती भेटहरुमा
तिम्रा र मेरा मनहरुले लेखेका थिए

 

हामि निस्कने छौं 
दुनिया निदाईरहेको शान्त समय जिस्काउन
सितल पवनको स्पर्समा 
एउटा फकिर लयको
पुलकित बर्षात बनेर
सडक पेटिमा तिमीले सल्काएको
सिगरेटको बेपर्वाह धुँवामा
फैलिरहेको मेरो चन्चलताको गहिरो अनुभुती 
जव तिम्रा ह्रदयले पत्तो पाउने छन्
तिमी फेरी
उहि पुरानैहेराईको मुर्छना आँखामा भरेर सोध्नेछौ
मेरी स्वप्न परी 
यो असारे झरी र म मा कुन बढि अराजक छ हँ ?

 

Published on July 4, 2017 at 9:10 am

Loading...

यसमा तपाइको मत