अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:२२ | Colorodo: 02:37

अजर जंगमको आवाज र अभिनयमा ‘उसको सामु’ सार्वजनिक (भिडियो)

सुषमा देवकोटा २०७४ फागुन ९ गते २१:१५ मा प्रकाशित

उसको सामु नजा दिल, रेट्ने छुराको छ मन
नौनि जस्तो कोमल तँ, उस्को काँचको चुराको छ मन

पछिल्लो समय चर्चामा रहेका गायक अजर जंगमको नयाँ गीत सार्वजनिक भएको छ । गीतकार मोनी शर्मा (रिजाल)को शब्द र बरिष्ठ संगीतकार दीपक जंगमको संगीतमा रहेको उसको सामु बोलको गीत गायक जंगमको आवाज र अभिनयमा भर्खरै सार्वजनिक भएको हो ।

केहि साता अघि मात्र सम्पन्न रेडियो कान्तिपुर नेशनल म्युजिक अवार्डबाट यस बर्षका सर्वोकृष्ट आधुनिक गायक घोषित जंगमको सार्वजनिक यस गीतमा गायक जंगम आफैंले अभिनय गरेका छन् । उनि संगै सम्पदा बानिया, सृजना क्षेत्री र महेश खड्काको समेत अभिनय रहेको छ ।

प्रेम, धोका र बियोगको कलात्मक चित्रण गरिएको भिडियोलाई बिभोर पोखरेलले निर्देशन गरेका हुन् भने सम्पादन सुप्रिम पोखरेलको रहेको छ ।

यस अघि गायक जंगमको आवाज र अभिनयमा रहेको जीन्दगीले हिसाव माग्छ, कुनै दिन, मेरो जस्तै तिम्रो पनि, मेरा रोदन लगायतका गीतलाई दर्शक स्रोताले अत्याधिक मन पराएका थिए भने, जंगमका आज फेरी एकान्तमा, जुन ताराको, किन ढाट्नु, मलाई छोएर जानेहरु लगायतका थुप्रै गीतहरु चर्चामा रहेका छन् ।