अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:२३ | Colorodo: 12:38

गायक तथा भ्वाइस अफ नेपालका जज सनुप पौडेलको ‘थाकिसके’ सार्वजनिक (भिडियो सहित)

सुर्य चन्द २०७६ वैशाख ११ गते २३:१४ मा प्रकाशित

काठमाडौँ: गायक तथा ‘भ्वाइस अफ नेपाल’ का जज सनुप पौडेलको नयाँ गीत ‘थाकिसके’ सार्वजनिक भएको छ । विदेशमा बस्ने परदेशीको पिडालाई भिडियो मार्फत देखाउन खोजिएको म्युजिक भिडियो उत्कृष्ट बनेको छ । दर्जनौँ चर्चित गीतहरू नेपाली साङ्गीतिक आकाशमा पस्की सकेका गायक सनुप पौडेलको यस गीतमा सकारात्मक सन्देश प्रवाह गर्न खोजिएको छ ।

एभरेस्ट केसीको शब्द तथा चर्चित सङ्गीतकार शिखर सन्तोषको सङ्गीत रहेको यस गीतलाई फणिन्द्र राईले एरेन्ज गरेका हुन् । गायक सनुप पौडेल तथा मोडल निशा तामाङको अभिनय रहेको यस म्युजिक भिडियोलाई राम कुमार केसी र नवीन कुमार श्रेष्ठले छायाङ्कन गरेका हुन् भने सम्पादन तथा निर्देशन टेकेन्द्र शाहले गरेका छन् ।

भिडियो हेर्नुहोस् :

प्रतिक्रिया