अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:३७ | Colorodo: 17:52

सिंगापुरमा चार नेपाली सम्मानित

सुर्य चन्द २०७६ मंसिर ८ गते ९:५० मा प्रकाशित

काठमाडौँ: सिंगापुरमा सम्पन्न भएको छैठौ अन्तर्राष्ट्रिय गोल्डेन ब्रान्ड अवार्ड २०१९ मा चार नेपाली सम्मानित भएका छन् । विभिन्न ३० राष्ट्र आएको २५ विधाबाट करिब ४०० वटा नोमिनेसनमा नेपालको तर्फ बाट २ जना पुरुष र २ जना महिला छनौट भएका थिए । जसमा चर्चित अन्तर्राष्ट्रिय कोरियोग्राफर अस्विनीकान्त झा र चर्चित तथा सफल पेजेण्ट डाइरेक्टर निशुकान्त झालाइ एक भव्य समारोह बिच प्रमुख अतिथि इन्डोनेसियाका राजा अरिया पकु आलम अल हजद्वारा सम्मान गरिएको थियो ।

त्यसैगरि महिला तर्फ लेडी अफ एक्सिलेन्स अवार्डमा २० देशबाट करिब २५० वटा नोमिनेसनमा नेपालको तर्फबाट युवा ब्यबासयी, समाजसेवी तथा मोडल एलिजा महर्जन र चलचित्र निर्देशक तथा डान्स कोरियोग्राफर सावित्री खत्रीले अवार्ड चुम्न सफल भएका थिए । 

सिंगापुरको आर्किड कन्ट्री क्लबमा सम्पन्न भएको उक्त कार्यक्रम विभिन्न अन्तर्राष्ट्रिय प्रस्तुतिको साथमा अन्तर्राष्ट्रिय कलाकार मोडलहरुको बाक्लो उपस्थिति रहेको थियो ।

छैठौ अन्तर्राष्ट्रिय गोल्डेन ब्रान्ड अवार्ड २०१९ मा सम्मानित हुन सफल नेपाल तथा अन्तर्राष्ट्रिय स्तरमा आफ्नो कोरियोग्राफी मार्फत ख्याति बटुलेका चर्चित फेसन कोरियोग्राफर आस्विनी कान्त झाले करिब २५० भन्दा बढी ब्युटी पेजेन्टमा कोरियोग्राफी गरिसकेका छन् भने उनी ब्युटी पेजेन्ट एसोसियसन अफ नेपालका संस्थापक सदस्य समेत हुन् । उनले सौन्दर्य प्रतियोगिता क्षेत्रमा पुर्‍याएको योगदानको उच्च मूल्याङ्कन गर्दै उक्त अवार्ड प्रदान गरिएको थियो । त्यसै गरी रिबन इन्टरटेनमेन्ट मार्फत नेपालमा विभिन्न उमेर समूहका लागि सौन्दर्य प्रतियोगिता आयोजना गर्दै आएका निशुकान्त झा विगत लामो समय देखि पेजेण्ट निर्देशनमा लागिपरेका व्यक्तित्व हुन् । राष्ट्रिय स्तरमा मात्र नभई अन्तर्राष्ट्रिय स्तरमा समेत चर्चा कमाएका झा विवाहित महिलाहरूको लागि गरिएको सफल प्रतियोगिता मिसेस् नेपाल इन्टरनेशनलका आयोजक हुन् । झा ब्युटी पेजेन्ट एसोसियसन अफ नेपालका संस्थापक महासचिव समेत रहेका छन् ।

त्यसै गरी लेडी अफ एक्सिलेन्स अवार्ड जित्न सफल एलिजा महर्जन मिसेस् नेपाल ग्ल्यामकि विजेता हुन् भने उनी युवा व्यवसायी, समाजसेवीको रूपमा समेत परिचित छिन । महर्जन विभिन्न सङ्घ संस्थामा समेत आबद्ध रहेर सक्रिय समाजसेवामा लागिपरेकी व्यक्तित्व हुन् । त्यस्तै अर्को अवार्ड विजेता सावित्री खत्री डान्स कोरियोग्राफी र चलचित्र निर्देशनमा सक्रिय छिन ।

प्रतिक्रिया