अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:५१ | Colorodo: 07:06

गायक कृष्ण काफ्लेको “मेरो मुटु” सार्वजनिक (भिडियो सहित)

सुर्य चन्द २०७६ असोज ६ गते ९:३४ मा प्रकाशित

काठमाडौँ: वरिष्ठ गीतकार तथा सर्जक अम्बिका गुरुङको शब्दमा नयाँ गीतको म्युजिक भिडियो “मेरो मुटु” सार्वजनिक भएको छ । सार्वजनिक भिडियोमा आधुनिक माया प्रेमको भावलाई दुरुस्त म्युजिक भिडियो मार्फत प्रेमिल जोडिलाई मनमोहक दृश्यमा प्रस्तुत गरिएको छ । चर्चित गायक कृष्ण काफ्लेको सुमधुर आवाज रहेको गीतमा गीतकार अम्बिका गुरुङको गहकिलो शब्द रहेको छ भने दीपक शर्माको सङ्गीत रहेको छ ।

अर्जुन अधिकारीको निर्देशनमा बनेको भिडियोलाइ उत्सव दाहाले छायाङ्कन गरेका हुन् भने विकास दाहालको सम्पादन रहेको छ । भिडियोमा अनीश विक्रम शाह र भूमिका केसीको अभिनय रहेको छ ।अमेरिका निवासी वरिष्ठ गीतकार तथा सर्जक अम्बिका गुरुङले नेपाली साङ्गीतिक इतिहासमा आफ्नो नाम सुनौलो अक्षरले कोरिसकेकी छिन ।

भिडियो हेर्नुहोस् :

प्रतिक्रिया