अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:५४ | Colorodo: 07:09

चलचित्र निर्देशक समाजमा अध्यक्ष पदमा दिनेश डिसीको उम्मेदवारी

सुर्य चन्द २०७६ मंसिर २५ गते २३:१० मा प्रकाशित

काठमाडौँ: यहीँ आउँदो मङ्सिर २८ गते हुन गइरहेको चलचित्र निर्देशक समाजको निर्वाचनमा अध्यक्ष पदमा पुनः दोस्रो कार्यकालको लागि निर्देशक तथा संचारकर्मी दिनेश डिसीले उम्मेदवारी दिने भएका छन् । डिसी नेपाली चलचित्रका निर्देशक तथा निर्माता र अभिनेता पनि हुन् । २०७० सालमा भएको निर्देशक समाज नेपालको निर्वाचन बाट उनी अध्यक्ष पदमा चुनिएका थिए ।आवाजको दुनियाँको साथी ऊपनामले चिनिने निर्देशक दिनेश डिसी ‘प्रबल जन सेवा श्री’ बाट सम्मानित व्यक्तित्व हुन् । निर्देशक समाजको विभिन्न कार्यकारी पदमा बसेर सफलता पूर्वक आफ्नो कार्यकाल सम्पन्न गरेका चर्चित निर्देशक तथा संचारकर्मी दिनेश डिसीले निर्देशक समाजको हुन गईरहहेको आसन्न निर्वाचनको लागि पुनः अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन् । अघिल्लो कार्यकालमा निर्देशक समाजको हकहितको लागि धेरै राम्रो कार्यहरू गरेका डिसीलाई सम्पूर्ण निर्देशकहरूको दबाब, इच्छा र चाहनाले गर्दा नै पुन अध्यक्ष पदमा उम्मेदवारी दिने मनस्थिति बनाएका हुन् ।

दिनेश डिसी भन्छन्- नेपाली चलचित्र क्षेत्र र निर्देशक समाजलाई अगाध प्रेम गर्नुहुने र अत्यन्त ठुलो प्रभाव राख्नु हुने साथीहरूले निर्देशक समाजको नेतृत्व लिन बल पूर्वक आग्रह गरिरहनु भएको छ । मेरो व्यस्तताको कारण मैले उम्मेदवारीको लागि सहमति जनाई नसकेको भए पनि मलाई वहाहरुको आग्रहलाई अस्वीकार गर्न अत्यन्त कठिन भइरहेको अवस्थामा सम्पूर्ण चलचित्र निर्देशकहरू, चलचित्र कर्मी तथा कलाकारहरुकोआग्रह लाई स्वीकार गर्दै निर्देशक समाजको अध्यक्ष पदमा उम्मेदवारी निर्णय गरेको छु ।

उनी थप्छन हामी चलचित्र क्षेत्रमा अहोरात्र खटेर दिनरात नभनी यस क्षेत्रको हकहित तथा प्रवर्धनमा लागिपरेको छौ तसर्थ अब हुने आसन्न निर्वाचनमा सम्पूर्ण निर्देशक, चलचित्रकर्मीहरुको साथ, सहयोग सदभाब तथा माया पाउने कुरामा दुइमत छैन ।

प्रतिक्रिया